२०८१ असोज २५ गते शुक्रवार

यो सरकार पाँच वर्षसम्म चल्छ – प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)। तस्बिर : राजेश खत्री

दाङ,कात्तिक २० । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली संग गरेको भनिएको अढाई अढाई वर्ष सरकारको नेतृत्व गर्ने भन्ने कुरा अव इतिहास भइसकेको बताएका छन् ।

प्रेस संगठन दाङले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले अब पाँच बर्ष सम्म यही सरकार चल्छ भन्नेमा प्रष्ट हुन आग्रह गरे । ‘हामीले राजनीतिक स्थायित्वको लागि भनेर गठवन्धन गरेर चुनावपनि लड्यौं, राजनीतिक स्थायित्वकै लागि भनेर पार्टी एकता गरेर यहाँसम्म आएका छौं,’ अध्यक्ष प्रचण्डले भने ‘ पाँच वर्ष यो सरकार चल्छ यत्ति बुझ्नुहोला,बाँकी कतिबेला के गर्ने पार्टीले र संसदले जतिबेला जे निर्णय गर्छ त्यसै हुन्छ। दुई दुई वर्ष ढाई ढाई वर्ष भन्ने कुरा अव इतिहास भैसक्यो।’

लिपुलेकको समस्या कुटनीतिक तबरले समाधान
नेपालको लिपुलेकको सम्वन्धमा उनले राजनीतिक दल र सरकारले त्यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे । उनले कुटनीतिक तवरवाट कुरा अगाडि बढाउने प्रक्रियामा सरकार अग्रसर भइसकेको सम्पर्क गर्दा जानकारी पाएको बताए । अध्यक्ष प्रचण्डले आफु भारत भ्रमणका क्रममा जाँदा लिपुलेकका बारेमा भारत र चीन बीचको सहमतीमा त्यसमा नेपालको असहमती रहेको तथा त्यो सच्याउनु पर्छ भन्ने कुरा स्पष्ट गरेको दाबी गरे । उनले नेपालको लिपुलेक, कालापानी वा लिम्पियाधुरा बारेको प्रश्नमा नेपालको राष्ट्रिय हित र नेपालको भौगोलिक अखण्डतामा कहि कतै कुनै खालको सम्झौंता हुन नसक्ने स्पष्ट पारे । नेपाल सरकार यो समस्यामा भारत सरकार संग गम्भीर ढंगले कुटनीतिक रुपमा समस्या समाधानका लागि अगाडि बढ्न आवश्यक रहेको अध्यक्ष दाहाको भनाई छ ।

महराले गम्भीर नैतिक त्रुटि गरेको पुष्टि
सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल –(प्रचण्ड)ले पूर्व सभामुख कृष्णबहादुर महराले ठूलो नैतिक गल्ती गरेको बताएका छन् ।

अदालती प्रकृयामा रहेको कुरामा बढी राजनीतिक रुपमा नेतृत्वले बोल्नु उपयुक्त नहुने धारणा राखेको भएपनि स्पष्ट शब्दमा महराले गल्ती गरेको कुरा भन्न भने अध्यक्ष दाहालले छोडेनन् । ‘कही न कही त्रुटि महराजीको भएको थियो भन्ने कुरा प्रष्ट भइस नै सक्या छ,’ प्रचण्डले भने,’– ‘ यो त्रुटि र गल्तीका बारेमा अल्लि बढी डिबेट छ।’ अध्यक्ष दाहालले दोहो¥याउँदै महराले त्रुटि र गल्ती गरेको बताए । तर उनले महराको गल्ती अपराधिक नभई नैतिक आचरण सम्वन्धि गल्ती भएको तर्क गरे । ‘एउटा मोलर गल्ती महराजीले गर्नु भएको छ, त्यसलाई जति हो त्यति स्वतन्त्र निष्पक्ष रुपमा टुङ्गोमा पुगोस भन्ने चाहाना हाम्रो छ,’ अध्यक्ष दाहालले भने ‘ र हाम्रो विश्वास छ, अदालतले अन्तहः यो मोरल त्रुटिपत्री हुनुपर्ने स्वच्छ र निष्पक्ष निर्णय गर्छ भन्ने विश्वास छ ।’

महराको कुरा सार्वजनिक भइसकेपछि त्यो कुरा बुझ्न पठाउँदा महराले सुरुमा ढाँटेर झनै जटिल बनेको अध्यक्ष दाहालले बताए ।

तस्बिर : राजेश खत्री

आफुले अर्का अध्यक्ष संग समेत समन्वय गरेर मिडियामा सार्वजनिक कुरा बुझ्नको लागि कार्यालयका जोखबहादुर महरा र पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठलाई पठाएको भएपनि महराले घटना जस्ताको त्यस्तै नबताएको अध्यक्ष दाहालले बताए । त्यसपछि आफु बालुवाटार गएर सल्लाह गरि आफै गएर बुझ्दापनि साँचो कुरा महराले सुरुमा नभनेर नेतृत्वलाई गल्ती गरको अध्यक्ष दाहालले तर्क गरे । ‘मैले जे हो त्यो जस्ताको त्यस्तै भन्नुस , चिजहरु बडो जटिल ढंगले आए भन्दापनि उहाँले त्यहाँपनि सुरुमा साँचोकुरा भन्नु भएन,’ अध्यक्ष प्रचण्डले भने ‘ उहाँले मोर गल्ती त गर्नु भएकै रहेछ त्यो भन्दा गम्भीर त्रुटी उहाँले लिडरसिपलाई ढाँट्नु पनि अर्कौ हो।’

महराले छानविनको कुरालाई त्यति ठूलो पदमा पुगेर जसरी सहयोग गर्नुपर्दथ्यो त्यो नगर्दा स्थिती झनै जटिल बनेको बताए । पछि महराले गल्ती स्वीकार गरेपछि आफुले कुनै यो वा त्यो बाहाना नगरेर पदवाट राजीनामा दिन सुझाएको प्रचण्डले बताए । राज्यका संयन्त्रलाई छानविनका लागि सघाउनु पर्छ भनेर आफुले सुझाएको कुरामा महराले सहजै मानेर राजिनामा दिएको दाहालले बताए । महराको गल्ती र कारवाही एउटा व्यक्तिको नभइ राज्यलाई एउटा दिशा दिनुपनि रहेको उनले बताए । ‘यो व्यक्तिको कुरा होइन । महराजी व्यक्ति होला तर त्यो स्तरमा पुगेको व्यक्तिलाई करेक्सन गर्नु भनेको सिंगै राष्ट्रलाई करेक्सन गर्नु पनि हो । महराजीले पनि त्यसरी सोच्नु पर्छ’ प्रचण्डले भने ।

महराले निर्वाचन जितेको क्षेत्रमा आएर प्रचण्डले महराको नैतिक गल्ती र त्रुटि थियो भन्ने प्रष्ट भइसकेको बताएपछि उनका समर्थकहरु भने निराश बनेका थिए । त्यो थाहा पाएर महराका समर्थकहरुलाई शान्त्वना दिन अध्यक्ष प्रचण्डले फेरि अब महरा नयाँ सिराहावाट राजनीतिमा आउन आवश्यक रहेको औंल्याएका थिए ।

प्रदेश राजधानी नयाँ ठाउँमा
अध्यक्ष प्रचण्डले ५ नं. प्रदेशको राजधानी नयाँ ठाउँमा हुनुपर्ने बताए । सबै जिल्लाको सेन्टर भागमा प्रदेश राजधानी हुनुपर्ने उनको कथन थियो । राजधानीको टुङ्गो लागेपछि दाङले विकासमा छलांङ मार्ने उनको भनाई छ । अध्यक्ष प्रचण्डले दाङ जिल्लामा एयरपोर्टको विस्तार वा क्षेत्रीय स्तरको एयरपोर्टको निर्माण आवश्यक रहेको बताए । जिल्लाको विकासका लागि माडी डाइभर्सन,औद्योगिक क्षेत्र निर्माण आवश्यक रहेको बताए । प्रदेश प्रमुखको सरुवा र नयाँ प्रदेश प्रमुखको नियुक्त स्वाभाविक भएको उनको कथन थियो ।

उनले नेकपा र देश अव उपनिर्वाचमा केन्द्रीत भइसकेको बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *