शंकर केसी,
सल्यान, कार्तिक १९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सल्यानका एक जिल्ला सदस्यलाई जिल्ला अदालत सल्यानले कारागार चलान गर्न आदेश दिएको छ भने अर्का एक सदस्यलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
नेकपाका जिल्ला सदस्य कलुराम बादीलाई अदालतले सोमबार पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । बादीमाथि हातहतियार र बम विस्फोटको मुद्दा थियो ।
त्यस्तै ‘टाईगर’ भनिने अर्का जिल्ला सदस्य भद्रबहादुर डाँगीलाई भने अदालतले १ लाख ३३ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको उक्त आदेशसंगै कार्तिक ८ गते राति घरबाट पक्राउ परेका डाँगी मंगलवार ११ दिनपछि रिहा भएका हुन् ।
डाँगी माथिपनि हातहतियार र बम विस्फोट सम्वन्धि मुद्दा चलाइएको थियो । रिहा भए लगतै जिल्ला प्रहरी कार्यालय सल्यानले डाँगीलाई पार्टीका गतिविधिमा नलाग्न भन्दै कागज समेत गराएको छ । डाँगीले पनि आफ्नो स्वस्थ्य अवस्थाका कारण अब स्वतनत्र जीवन यापन गर्ने चाहाना व्यक्त गरे ।
सरकारले नेकपामाथि प्रतिबन्ध लगाए पछि सल्यानमा दुईदर्जन बढी सो पार्टीका नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । तर अरु सबै रिहा भइसकेका छन् ।