दाङ, कात्तिक १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भोलि बुधबार राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न दाङ आउँदै छन् । आगामी मंसीर १४ गते हुने निर्वाचनका लागि राप्रपा दाङले कार्तिक २० गते तुलसीपुरमा चुनावी घोषणा कार्यक्रम राखेको छ । घोषणा सभालाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष थापा दाङ आउन लागेको छन् ।
चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष थापा, महामन्त्री तथा नेपालगन्जका मेयर डा. धवल शम्शेर राणा, राप्रपा केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, राप्रपा ५ नं. प्रदेशका अध्यक्ष एवं युवानेता प्रदिपकुमार उदयलगायतका नेताहरु दाङ आउन लागेको मिडिया नेपालका अध्यक्ष तेज वलीले जानकारी दिए ।
दाङ जिल्ला क्षेत्र नं. ३ ख मा प्रदेश सभा र घोराही उपमहानगर पालिका वडा नं. १६मा वडाअध्यक्षको लागि निर्वाचन हुँदैछ ।
राप्रपाले प्रदेशसभा सदस्यको लागि भुपाल रावतलाई र घोराही उपमहानगरपालिका वर्ढा न १६को बर्ढा अध्यक्षकोलागि प्रकाश केसिलाई उम्मेदवारिकोलागि प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको छ ।