२०८२ साउन ३ गते शनिवार

निर्वाचनको लागि दाङमा बन्यो तरुण परिचालन समिति


दाङ,कात्तिक १९ । नेपाल तरुण दलल दाङले निर्वाचन परिचालन समिति गठन गरेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन भूमिका खेल्ने उदेश्यका साथ भातृ संगठन तरुण दलले उक्त समिति गठन गरेको हो ।

तरुण दल दाङका जिल्ला अध्यक्ष टीकाराम घर्तीको अध्यक्षतामा मंगलवार घोराहीमा बसेको जिल्ला कार्यसमितिको बैठकले निर्वाचन क्षेत्र नं. ३ (२)को प्रदेशसभा सदस्यका उम्मेदवारलाई विजयी गराउन अभियान चलाउने उदेश्यले जिल्ला उपाध्यक्ष मुक्तिप्रशाद न्यौंपानेको संयोजकत्वमा चार सदस्य समिति गठन गरिएको छ । जसको सदस्यहरुमा तरुण दल दाङका जिल्ला सचिव धुर्व आचार्य, तरुण दल साविक क्षेत्र नं. ४ का अध्यक्ष रमेश मल्ल, ५ का अध्यक्ष ललित पाण्डे र तरुण दल नगर सभापति प्रविण केसीलाई चयन गरिएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका वडा नं. १६ को वडा अध्यक्ष पदका उम्मेदवारलाई विजयी बनाउने भूमिका खेल्ने उदेश्यका साथ तरुण दल दाङका कार्यसमिति सदस्य टीका थापाको संयोजकत्वमा अर्कौ एउटा परिचालन समिति ठगन गरिएको छ । जसको सदस्यहरुमा साविक निर्वाचन क्षेत्र नं. २ का अध्यक्ष नारायण जिएम, ३ का अध्यक्ष दिपेन्द्र शाही र घोराही नगर अध्यक्ष श्याम पुन रहेका छन् ।

नेपाल तरुण दलले पार्टीका उम्मेदवारलाई विजय बनाउन सेतुको रुपमा काम गर्ने जिल्ला अध्यक्ष टीकाराम घर्तीले जानकारी दिए ।

‘हाम्रा उम्मेदवारलाई विजयी बनाउन तरुण युवाहरुको क्रियासिलता आवश्यक पर्छ,’ अध्यक्ष घर्तीले भने ‘हामी पार्टीका उम्मेदवार विजयी गराउन निष्ठा पूर्वक आफ्नो तर्फवाट भूमिका निर्वाह गर्ने छौं।’ अध्यक्ष घर्तीले नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन सम्पूर्ण नेता कार्यकर्तामा एक ढिक्का भएर लागिपर्न अपिलपनि गरेका छन ।

प्रकाशित मिति : २०७६ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *