२०८३ बैशाख २८ गते सोमवार

आलमलाई जन्मकैदको मुद्दा दर्ता गर्ने तयारी

रौतहट,कात्तिक १८।  नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको छ ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । आलम सहित १० जनालाई जन्मकैदको माग गर्दै अदालतमा जाने निर्णय भएको रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवालले जानकारी दिए ।

उनका अनुसार एक जनालाई भने मतियार भन्दै मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको अनुसन्धानबाट २०६४ चैत २७ गते रौतहटको राजपुर( ४ मा बम विस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाएको थियो ।

रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम विष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहम्मदसमेत दुई जना घाइते भएको अनुसन्धानबाट भएको पुष्टि भएको रौतहट प्रहरीका प्रवक्ता तथा डिएसपी नविन कार्कीले बताए ।

 

 

 

प्रकाशित मिति : २०७६ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *