Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


सुकुटे बस दुर्घटनाः मृत्यु हुनेको सङ्या १७ पुग्यो


काठमाडौं,कार्तिक १८ ।  सिन्धुपाल्चोकको सुकुटेमा १७ जनाको मृत्यु  हुने गरी भएको बस दुर्घटनाको कारण चालकको लापरबाही भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

कालोपत्रे सडक भए पनि घुम्ती र साँघुरो स्थानमा पनि तीब्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रारम्भिक निष्कर्ष छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले चालकले संयमित भएर सवारी चलाएको नदेखिएको बताए । उनले भने, ‘घुम्ती र साँघुरो बाटोमा होसियारीपूर्वक सवारी चालाउनुपर्नेमा तीब्र गतिमा चलाइएको देखिन्छ ।’

उनले सवारी चालकलाई लक्षित गरेर सचेतनामुलक अभियान निरन्तर चलाइए पनि ‘स्टेरिङ’मा पुग्नेवित्तिकै चालकले ती कुरा भुल्ने गरेको गुनासो गरे । यद्यपि, प्रहरीले सवारी चालकको बयान लिइसक्न भने भ्याएको छैन ।

रक्ताम्मे अवस्थामा चालकको उद्दार गरिएको थियो । तर, प्रारम्भमा स्वास्थ्य उपचार नै महत्वपूर्ण हुने भएकाले अहिले बयान नलिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एक अधिकृतले बताए ।

दुर्घटनाका एक घाइतेको बयानले दुर्घटनामा परेको बा २ ख ७२४५ नम्बरको बसमा यात्रिन्क समस्या पनि हुनसक्ने देखिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal