२०८२ जेष्ठ ३० गते शुक्रवार

सहकारीको ४३ करोड हिनामिना प्रकरण – ४ जनालाई थुना राख्न र २ जनालाई धरौटीमा छोड्न आदेश

दाङ,कात्तिक १७ । एक सहकारी संस्थाको ४३ करोड हिनामिना काण्डमा अदालतले चार जनालाई थुनामा राख्न आदेश दिएको छ । थप दुई जनालाई भने धरौटीमा रिहा भएका छन् । बाँके जिल्ला अदालतले पुर्पक्षका लागि चार जनालाई थुनामा राख्न र दुइ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ । सहकारी बित्तीय बिकास संस्था लिमिटेडको सञ्चालक समितिका पदाधिकारीहरु गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण पाठक र बलराम यादव पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

त्यस्तै सहकारीका लेखा समितिका संयोजक स्थितमणि बज्राचार्य र सहकारीका सदस्य ओमप्रकाश चौधरीसंग जनही २० लाख रुपैंया धरौटी मागिएको छ । जिल्ला न्यायाधीस धनेश्वर पौडेलको इजलाशले आइतवार उक्त आदेश दिएको हो ।
धरौटीमा छोड्न आदेश भएका मध्य बज्राचार्यले आइतवार नै धरौटी रकम बुझाएको हुँदा उनी रिहा भए । तर चौधरीले भने तोकिएको २० लाख धरौटी बुझाउन नसकेको हुँदा कारागार गएका छन् ।

सहकारी संस्थाको ४३ करोड हिनामिना काण्डमा ४१ जना विरुद्ध मुद्दा छ । त्यसमध्य प्रहरीले ६ जनालाई मात्रै पक्राउ गरेर अदालतमा पेश गरेको थियो । प्रहरीले तीन महिना बढी अनुसन्धान पछि पक्राउ गरिएका ६ जनालाई अदालतमा पेश गरेको थियो । त्यसपछि कात्र्तिक ८ गते अदालतमा थुनछेक बहस सुरु भएको थियो । ४३ करोड हिनामिना काण्डमा मुद्दा परेका ४१ जना सबैको बैंक खाता, कारोवार, घर जग्गा रोक्का गरिएको छ । ११ हजार जति शेरसदस्य रहेको सहकारीमा सञ्चालक समिति र कर्मचारीको समेत मिलेमतोमा रकम हिनामिना गरेको पाइएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *