२०८१ साउन ९ गते बुधवार

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १५ पुग्यो


कात्तिक १७ । दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बस सुनकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

दुर्घटनामा तीन महिने शिशुसहित मृत्यु हुनेको संख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका मध्य पाँच जनाको सनाखत भएको छ ।

दुर्घटनामा भीमेश्वर नगरपालिका-९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका ३ की ५१ वर्षीया रत्नकुमारी रावत, त्यसै ठाउँकी तीन महिने शिशु सिसम तामाङ, सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी २७ वर्षीया चमेली श्रेष्ठ र उहाँकी ६ वर्षीया छोरी साइरामी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक बताएको छ ।

त्यस्तै दुर्घटनामा घाइते भएका ५० जनाको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *