२०८३ असोज २६ गते सोमवार

गढवामा ट्रयाक्टर दुर्घटना – ३ बालिकाको मृत्यु , थप २३ जना घाइते

फाइल तस्बिर

दाङ,कात्तिक १५ । दाङमा ट्रयाक्टर दुर्घटना हुँदा तीन बालिकाको मृत्यु भएको छ ।  भैलो खेलेको पैंशाले पिकनिक खाएर फर्कदै गरेकोट्रयाक्टर दुर्घटनामा परि थप चारजना गम्भीर घाईते भएका छन् भने १९ जना मध्यम घाइते भएका छन् ।

दुर्घटनामा परि गढवा गाउँपालिका वडा नं. ६ मनिकापुर निवासी ११ बर्षीया मिनु पुन, १२ बर्षीया खुमा परियार र १२ बर्ष कै सुनिता पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

घाइते मध्य ७ जनालाई बाँकेको कोहलपुर मेडिकल कलेजमा थप उपचारको लागि पठाइएको छ । अन्य सबैको लमहीमा उपचारभइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

जिल्लाको गढवा गाउँपालिकाका वडा नं. ६ का स्थानीय तीहारमा भैलो खेलेको र त्यही रकमले गाउँपालिकाकै वडा नं. ५ कोईलाबाससडक खण्डको चिसापानीमा पिकनिक खाएर र्किने क्रममा दुर्घटनामा परेका थिए ।

चिसापानी भन्ने स्थानमा शुक्रवार दिउँसो साढे ३ बजेतिर रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली घोप्टिएपछि त्यसमा  सवार २६ जनामध्य तीन बालिकको मृत्यु भएको र अन्य घाइते रहेको डिएसपी शाहले जानकारी दिए ।

ती घाइते मध्य गढवा स्वास्थ्य चौकीमा उपचारका क्रममा तीन बालबालिकाको मृत्यु भएको थियो ।

ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रहरीले पिकनिकमा मदिरा सेवन गरेका कारण उक्त दुर्घटना भएकोहुन सक्ने आशंका व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *