काठमाडौं, कात्तिक १४ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने सरकारी वकिल कार्यालयले निर्णय गरेको छ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले उनीमाथि उक्त उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
प्रहरीले महरामाथि अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो।
२० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरीले दाबी गरेको छ । महरामाथि आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोप लागेका छ ।
मुलुकी अपराध संहिता अनुसार महरालाई साढे तीनदेखि ५ वर्षसम्म सजाय हुने सक्ने कानुनका ज्ञातामहरुले बताउँदै आएका छन् ।
तर महराले भने प्रहरी समक्ष आफूले संसद कार्यालयकी ती कर्मचारीमाथि बलात्कार प्रयास गरेको झुट्टा आरोप भएको बयान दिएका थिए ।
महरा असोज १२ गते बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेको अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ । पीडितको जाहेरी पछि असोज १९ गते महरा पक्राउ परेका थिए ।