कात्तिक १४ । पाकिस्तानमा एउटा यात्रुबहाक रेलमा भएको आगलागीमा परि ४६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।
पाकिस्तानको लियाक्त्पुर शहरमा बिहीबार बिहान एउटा यात्रु बोकेको रेलमा आगलागी हुँदा ४६ को मृत्यु भएको तथा ४२ जना घाइतेभएका पाकिस्तानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् । पाकिस्तानी रेलवे मन्त्री शेख रसिदका अनुसार यात्रुहरूले बिहानको खाजाबनाउने क्रममा ग्यासको सिलिन्डर पड्केर आगलागी भएको हो ।
कराचीबाट रावलपिण्डी गइरहेको तेज गाम एक्सप्रेसको रेल लियाक्त्पुरमा पुग्दा तीन वटा डिब्बामा आगो लागेको थियो। आगलागीमामृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको जनाइएको छ । कैंयन् मृतकको पहिचान हुन सकेको छैन। धेरै यात्रुले ट्रेनबाट हाम फलेरज्यान जोगाउन सफल भएका थिए ।एजेन्सी
प्रकाशित मिति : २०७६ कार्तिक १४ गते बिहिवार