Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


भारतमा तीन नेपाली मजदुरको हत्या


एजेन्सी, कात्तिक ११ । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ। उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो।

पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताएका हुन्।

हरे र बीरा सहदोर दाजु भाइ रहेको भन्ने खुल्न आएको छ । उनीहरु सबैको धारिलो हतियारले प्रहार गरि हत्या भएको अवस्थामा शव फेला परेको छ ।

उनीहरुले पिथौरगढको सिलौलमड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए। हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले घटना थप रहस्य मय बन्न पुगेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal