२०८१ असोज २९ गते मङ्गलवार

सल्यानमा विप्लवका २ कार्यकर्ता पक्राउ


दाङ,कात्तिक १० । जिल्ला प्रहरी कार्यालय सल्यानले विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बागचौर नगरपालिका वडा नं. ३ निवासी ४२ बर्षीय (टाईगर) भनिने भद्रबहादुर डिसी र वनगाँड कुपिन्डे नगरपालिका वडा नं. ५ निवासी ५२ बर्षीय शिवलाल विक रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका मध्य डिसीलाई जेठ ३० गते विष्फोटक पदार्थ सम्वन्धि कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसयता उनी फरार रहेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिहरको पार्टीको हैसियत भने प्रहरीले खुलाएको छैन ।

प्रहरी हिरासतमा रहेका अर्का एक प्रतिवादी कालीबहादुर बादीको बयानको आधारमा थप दुईजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुलाई हातहतियार तथा खरखजना मुद्दामा पक्राउ गरिएको मात्रै जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *