२०८१ असोज २५ गते शुक्रवार

तुलसीपुरमा वजार अनुगमन तिव्र

यमकला भुसाल,
तुलसीपुर, कार्तिक ९ । तुलसीपुर उपमहानगरपालिकामा बजार अनुगमन लाई तिव्र पारिएको छ । चार्डपर्वमा हुन सक्ने मिसावट तथा अखाद्य वस्तु विक्रि वितरणलाई निरुत्साहित गर्नका लागि वजार अनुगमनलाई तिव्र पारिएको हो । स्थानिय सरकारमा वजार अनुगमन गर्ने अधिकार आएसंगै उपमहानगरपालिकाले उपभोक्ता हक हित संरक्षण शाखा वनाएर जिम्मेवारी समेत दिएपछि अनुगमन गर्न सहज भएको तुलसिपुर उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखाका अधिकृत रेवा रावतले वताए ।

अनुगमन अन्तर्गत शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं १८ र १९ नम्वर वडामा पर्ने विजौरि वजारमा अनुगमन गरिएको छ । त्यस्तै अनुगमनका क्रममा व्यवसाय दर्ता नगरेको, मुल्यसुचि टास नगरेको,साईनवोर्ड नराखेको एक पसलमा धेरै प्रकारका सामान विक्रि वितरण गर्ने गरेको लगाएतका पाईएको थियो । अनुगमनका क्रममा २ वटा पसलमा म्याद नाघेका घ्यु र पेय पदार्थ पाईएको हुदा त्यसलाई वरामद गरिएको शाखा अधिकृत रावतले वताए । रावतले उपमहानगरपालिकामा वजार अनुगमन गर्ने अधिकार आए संगै अब देखि नियमित रुपमा वजार अनुगमन गर्ने वताए ।

उनले पहिलो पटकको अनुगमन भएका कारण केही लचियो भएको भन्दै अबका दिनमा भने नियम विपरित जानेहरुलाई कार्वाही गर्ने वताए । उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका शाखा अधिकृत रेवा रावतको नेत्रृत्वमा गएको अनुगमन टोलिमा वडा नम्वर १८ का अध्यक्ष माधव वलि , १९ का अध्यक्ष राम बहादुर योगि , ईलाका प्रसासन कार्यालयका यादव भुषाल,इलाका प्रहरी कार्यालयका लान्ता प्रसाद चौधरी,उपमहानगरको पशुसेवा शाखा प्रमुख निम कुमार आचार्य , कृर्षि शाखा प्रमुख कुलराज दहित, उद्योग प्रवर्द्धन शाखाका सुनिता पाण्डे, उपभोक्ता मञ्चका केशव कुमार शर्मा ,विजौरि उद्योग वाणिज्य सघका अध्यक्ष मुकेश वलि , पत्रकार विमल गौतम , गोपाल शर्मा भट्टराई लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *