२०८२ असार ३० गते मङ्गलवार

महरा तिहारमा पनि जेल भित्रै बस्ने

कात्तिक ७ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न कोशिस गरेको र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै सात दिन म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनीमाथि अनुसन्धान गर्न अझ सात दिन म्याद थप गरिदिएको स्रेस्तेदार आनन्द श्रेष्ठले बताए।

महरालाई पक्राउ गरेको दिनदेखि २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ। उनलाई पक्राउ गरेको १८ दिन बितिसकेको छ।

प्रहरीले अझै ७ दिनसम्म उनलाई हिरासतमै राखेर अनुसन्धान गर्न पाउँछ। उनको बयान लिने काम सकिसकेको छ।

रोशनीको शरीरमा देखिएका कालो धब्बा र चोट कुटपिटकै कारणले लागेको रिपोर्ट आइसकेको छ। महरा भने गम्भीर बिरामी भएको भन्दै अहिले उनी नर्भिक अस्पतालमा उपचाररत छन्।

असोज १२ गते शाहीको घरमा पुगेर बलात्कार गर्न कोशिस गरेको आरोप उनीमाथि लागेको छ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *