२०८१ बैशाख ६ गते बिहिवार

तीन पालिकामा एन प्याव्सनले संयोजक तोक्यो

तुलसीपुर, कार्तिक ५ । एन प्याव्सन दाङले पालिका स्तरमा नयाँ समिति गठन गरेको छ । तुलसीपुरमा बुधवार भएको भेलाले समिति गठन गरेको हो ।

भेलाले शान्तिनगर गाउँपालिकाको संयोजकमा रणवहादुर वोहरा,सहसंयोजकमा पुर्षाेत्तम गौतमलाई चयन गरेको छ । त्यस्तै बबई गाउँपालिकाको संयोजकमा वालकृष्ण खत्री , सहसंयोजकमा नरेश वोहरालाई चयन गरेको छ । दंगिशरण गाउँपालिका संयोजकमा नारायणप्रसाद शर्मा र सह संयोजकमा हिरा केसीलाई चयन गरेको छ ।

भेलालाई सम्वोधन गर्दै प्रदेश नम्वर ५ का संयोजक सुवोधकुमार डाँगीले राज्यले नीजि विद्यालयहरुलाई निस्तेज पार्न खोजिरहेको भन्दै त्यसका विरुद्धमा सवै लाग्नु पर्नेमा जोड दिए । स्थानीय पालिकाहरुमा समेत अब चाडैं नै शिक्षा ऐन वन्न लागेको प्रति संकेत गर्दै त्यसले नीजि विद्यालय मास्ने षडेन्त्र भए आन्दोलन गर्ने चेतावनी दिए ।

भेलालाई सम्वोधन गर्दै एन प्याव्सनका केन्द्रीय सदस्य प्रकाशकुमार शर्माको सरकारले पर्याप्त तयारी विना नै नीजि विद्यालयहरुलाई सामाजिक सुरक्षा कोषमा जान निर्देशन दिएको भन्दै विरोध गरे ।

प्याव्सन दाङका अध्यक्ष भिमबहादुर वुढाथोकीको अध्यक्षता र प्रदेश नम्वर ५ का संयोजक सुवोधकुमार डाँगीको प्रमुख आतित्थ्यता भेला भएको हो । सो अवसरमा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने, शान्तिनगर संयोजक रणवहादुर वोहरा, बंबईका संयोजक वालकृष्ण खत्री, दंगिशरण संयोजकनारायण प्रसाद शर्मा लगाएतकाले मनतब्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका हुन ।

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *