२०८१ असोज २९ गते मङ्गलवार

तुलसीपुर वडा नं. ८ र ३ ले अहिले सम्म के काम गरे ?

यमकला भुसाल,तुलसीपुर, कार्तिक ६। तुलसीपुर उपमहानगरपालिका वडा नं ८ ले जनताले प्रत्यक्ष अनुभुति गर्ने गरि काम गरेको छ । वडा अध्यक्ष बेदबहादुर केसीले जनताको जीवनमा परिवर्तन ल्याउने गरि काम गरेको बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तिलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको अध्यक्ष केसीले जानकारी दिए ।

१५ लाख वडा स्तरिय बजेटले दुधेना थर्कुडाँडा जाने २ सय ३५ मिटर सडक कालोपत्रे गरिएको छ । स्वास्थ्य मन्त्रालयको २५ लाख सहयोगमा वडा स्तरिय स्वास्थ्य भवनको पहिलो चरणको काम भएको छ । यो वडामा १७ लाखको लागतमा ४ वटा टोलमा पाइप बिस्तार गरि ६५ हजार लिटर अट्ने खानेपानी ट्याङ्की निमार्ण गरिएको छ ।

एमविबीएस सहित १४ जनाको दरबन्दी तोकिएको नगरस्तरिय स्वास्थ्य प्रबद्र्धन केन्द्रको ३० लाख लागतमा २५ प्रतिशत काम भएको छ । बितेको वर्ष वडाको शक्रियतामा अश्वारा माविमा महापुरान लगाएको र त्यसबाट ५० लाख रकम संकलन गर्न सफल भएको छ । शिक्षा मन्त्रालयको सहयोगमा मावी अश्वारामा प्राविधिक शिक्षालय(फरेष्टि)पढाई हुने २ वटा भवन निमार्ण गरिएको छ ।

 

चालु आर्थिक वर्ष २०७६÷०७७ मा वडा नं. ८ ले सडकलाई मुख्य प्राथमिकतामा राखेर काम अघि बढाएको वडा अध्यक्ष केसीले जानकारी दिए । ३ नं.मा सडक र सिंचाई प्राथमिकतामा तुलसीपुर उपमहानगरपालिका वडा नं ३ ले सडक र सिंचाईलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको छ ।

वडा अध्यक्ष अजय बिकले बितेको वर्ष ४५ लाखको लागतमा पातुखोलाको दोघरे बाँधमा हजारौ बिगाहा जमिनमा सिंचाई हुने २ वटा पक्की पुल निमार्ण गरिएको बताए ।

त्यस्तै यो वर्ष सिंचाईका लागि १ करोड ६० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष विकले बताए । वडाका विभिन्न स्थानमा अहिले सडक कालोपत्रे गर्ने काम भइरहेको उनले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस
  1. Huma Kant Pandey says:

    Public and board meeting approved
    Salection projects planning devlopment good job

  2. Huma Kant Pandey says:

    Good job

Leave a Reply

Your email address will not be published. Required fields are marked *