Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


नेकपाका नेता बिवेक श्रेष्ठ पक्राउ



दाङ,कात्तिक ४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रशाद प्याकुरेलमाथि हातपाट गरेको अभियोगमा बिवेक श्रेष्ठ पक्राउ परेका छन् । सत्तारुढ दल नेकपाका नेता श्रेष्ठले भदौ ११ गते कार्यकक्षमै प्रवेश गरेर प्रतिष्ठानका रजिष्ट्रार श्रेष्ठमाथि हातपात र दुव्र्यवहार गरेको अभियोगमा प्रहरीमा मुद्दा दर्ता रहेको छ ।

त्यसयता लुकिछिपी बस्दै आएका श्रेष्ठलाई प्रहरीले सोमवार कैलालीमा पक्राउ गरेको र उनलाई दाङ ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

श्रेष्ठमाथि डिउटीमा रहेका प्रहरीलाई समेत हुत्याएको प्रहरीले बताएको छ । आन्दोलनको नाममा रजिष्ट्रार र डिउटीको प्रहरी समेतमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोग लागेपछि विगत एक महिनादेखि श्रेष्ठ फरार रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal