२०८१ बैशाख ७ गते शुक्रवार

घोराहीमा दुई बस आपसमा ठोक्किए, २२ यात्रु घाइते


दाङ,कात्तिक ४ । दाङमा दुईवस एक आपसमा ठोक्किदा २२ यात्रु घाइते भएका छन् । घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित बर्गदुवा चोकमा सोमबार बेलुका साढे ४ बजेतिर दुई बस आपसमा ठोक्किदा उनीहरु घाइते भएका हुन ।

घाइते सबैको अवस्था मध्यम रहेको तथा उनीहरुको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

घोराहीबाट नेपालगञ्जतर्फ गैरहेको ना ५ ख ३९५६ नम्बरको बस र लमहीबाट घोराही तर्फ आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस एक आपसमा ठोक्किदा उनीहरु घाइते भएको प्रहरीले बताएको छ । दुबै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *