२०८१ बैशाख १५ गते शनिवार

काँग्रेस सांसद आलममाथि थप ७ दिनको म्याद माग्दै प्रहरी


रौतटह, कात्तिक ३ । नेपाली काँग्रेसवाट निर्वाचित सांसद मोहम्मद आफताब आलममाथि प्रहरीले अझै सात दिनको म्याद थप्न माग गर्दै आइतवार रौतहट जिल्ला अदालतमा लगेको छ।१४ जना व्यक्ति हत्या आरोपमा पक्राउ परेका आलममाथिको अनुसन्धान पुरा नभएको भन्दै प्रहरीले थप सात दिन म्याद थप्न मागसहित अहिले अदालत लगेको हो ।

न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अघिल्लो मंगलवार अनुसन्धानका लागि ७ दिन म्याद दिएको थियो। तर त्यो समय अपुग भएका भन्दै फेरि प्रहरीले आलमलाई म्याद थप्न माग गर्न अदालतमा लगेको छ । घटना भएको १२ वर्षपछि असोज २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट आलमलाई प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले पक्राउ गरेको थियो।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटमा घाइते भएका ११ जनालाई ईट्टाभट्टाको भुङ्ग्रोमा जिउँदै हालेर हत्या गरेको आरोप अलाममाथि लागेको छ । उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ।

प्रकाशित मिति : २०७६ कार्तिक ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *