२०८१ असोज २९ गते मङ्गलवार

महासंघले ‘पत्रकार महेश रिजाल उपचार सहयोग अभियान’ सञ्चालन गर्ने


दाङ,कात्तिक २ । नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार महेश रिजाल सहयोग अभियान सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्यमा समस्या उत्पन्न भइ काठमान्डौंमा उपचाररत भालुवाङ निवासी पत्रकार रिजालको उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले अभियान सञ्चालन गर्ने निणर्य गरिएको छ ।

दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा शनिवार बसेको बैठकले नेपाल पत्रकार महासंघ प्रदेश ५ का सभासद तथा दाङ शाखाका साधारण सदस्य रिजालको उपचारमा आर्थिक अभाव भएपछि ‘ पत्रकार महेश रिजाल उपचार सहयोग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

मुटु सम्वन्धि रोगवाट ग्रसित रिजालको उपचार खर्च जुटाउने उदेश्यका साथ अभियान सुरु गर्न अध्यक्ष प्रियासनको संयोजकत्वमा मुल समिति पनि गठन गरिएको छ । घोराही क्षेत्रको उपसमितिको संयोजकमा महासंघका सचिव भूपेन्द्र वलीको संयोजकत्वमा अर्कौ एक सहयोग संकलन समिति गठन गरिएको छ । त्यस्तै तुलसीपुर क्षेत्रको लागि गोकर्ण पौडेललाई संयोजक र लमही क्षेत्रको लागि लिला शाहलाई संयोजक तोकिएको छ ।

दाङ शाखाले अनिवार्य रुपमा सबै शाखा सदस्यहरुलाई सक्दो आर्थिक सहयोग उपलब्ध गराउन आग्रह पनि गरेको छ । कात्तिक ९ गते सम्म आर्थिक सहयोग संकलन गरिसक्ने गरि उद्योगी व्यापारी , सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *