२०८१ साउन ६ गते आइतवार

पारसले छोडे राष्ट्रिय क्रिकेट टोलीको कप्तान पद


काठमाडौँ, असोज २८ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान छोड्ने घोषणा गरेका छन् । आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई सशर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन् । नयाँ कमिटी क्रिकेटको विकास लाग्ने अपेक्षा पारसले व्यक्त गरेका छन् ।

नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने चाहनास्वरुप कप्तानी त्याग्ने घोषणा गरेको पारसले उल्लेख गरेका छन् । विगत दश वर्षदेखि पारसले नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका थिए । पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।

सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पारसले पाएका थिए । उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एक दिवसीय टिम र टी–२० टिमको मान्यता पाएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एक दिवसीय र टी–२० शतक हान्ने रेकर्ड बनाएका थिए ।

मलेसियाविरुद्धको खेलमार्फत डेब्यू गर्दा पारसले पहिलो इनिङमा ४४ रन र १ विकेट लिएका थिए । २२ वर्षको कलिलै उमेरमा राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान मानिन्छन् ।

प्रकाशित मिति : २०७६ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *