२०८३ जेष्ठ ३१ गते आइतवार

विश्व विद्यालयमा विद्यार्थी संगठनको ताला


यमकला भुसाल,
दाङ,असोज २७ । नेपाल संस्कृत विश्वविद्यालय बेलुझुण्डिमा विभिन्न विद्यार्थी संगठनले ताला लगाएका छन् । योग्य र बरिष्ठ व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी नियुक्त गर्न मागसहित तालावन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ दाङका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकी, अनेरास्ववियु दाङका सचिव गोपाल रेग्मी, अखिल क्रान्तिकारी स्वएम सेवक विभागका केन्द्रीय सचिव विष्णु चौधरीले ताला वन्दीपछि संयक्त बक्तव्य मार्फत त्यो कुराको माग गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय लगाएत देशका सम्पुर्ण विश्वविद्यालयमा पदाधिकारीहरुको म्याद समाप्त भइसके पछिपनि पूर्ण बहुमतको सरकारले तुरुन्त पदाधिकारी नियुक्त गरि विश्वविद्यालयलाई गति दिनुपर्नेमा काम चलाउ पदाधिकारी राखेको भन्दै विरोध गरिएको छ । हालसालै नियुक्त काम चलाउन कुल सचिवको नियुक्तको पनि विरोध गरिएको छ ।

आफ्नो पुरानो कार्यकालमा विश्वविद्यालयमा कुनैपनि राम्रो काम गर्न नसेकेका पुरानै व्यक्तिहरुलाई पुनः षडयन्त्रपूर्ण तरिकाले उनीहरुलाई नै निरन्तता दिनु गलत भएको बक्तव्यमा भनिएको छ ।

नाताबाद्,कृपाबाद तथा स्वार्थी भावले असफल व्यक्तिहरुको निरन्तरता कुनैपनि हालतमा स्वीकार्य नहुने विज्ञप्तिमा जिकिरि गरिएको छ ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *