२०८१ माघ ३ गते बिहिवार

शान्तिनगरमा खुकुरी प्रहारवाट एक युवा गम्भीर घाइते


दाङ,असोज २७ । दाङमा खुकुरी प्रहार वाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ६ पहाडीपुर निवासी २२ बर्षीय निमबहादुर वलीको खुकुरी प्रहारबाट स्थानीय ३० बर्षीय प्रकाश थापा गम्भीर घाइते भएका छन् । थापाको टाउको र दाहिने कानमा खुकुरी प्रहार बाट गहिरो घाउ लागेको छ ।

घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेको नेपालगञ्जस्थित नरसिंह कलेजमा राति साढे ११ बजे रेफर गरि उपचाई भइरहेको प्रहरीले बताएको छ । आइतवार राति सवा १० बजेतिर वलीले थापामाथि सामान्ने विवादकै क्रममा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

थापालाई खुकुरी प्रहार गरि शक्त घाइते तुल्याएको अभियोगमा प्रहरीले गएराति नै आरोपित वलीलाई खुकुरीसहित पक्राउ गरे सकिएको पनि प्रहरीले जानकारी दिएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *