२०८१ असोज २९ गते मङ्गलवार

प्रतिष्ठान दाङको सभापतिमा शालिकराम वली चयन


यमकला भुसाल,
तुलसीपुर, असोज २७ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङले नयाँ नेतृत्व चयन गरेको छ । सर्वसहमतिमा प्रतिष्ठानको सभापतिमा शिक्षक शालिकराम वलीलाई चयन गरिएको छ । प्रतिष्ठानको शुक्रावर भएको ७औँ साधारण सभा तथा अबिधेशनले वलीको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

सभाले प्रतिष्ठानको उपसभापतिमा तीन जना धुब्र गौतम,सञ्तोषकुमार गुप्ता र गीता आचार्यलाई चयन गरेको छ । सचिवमा टेकनप्रसाद कडेँल, कोषाध्यक्षमा निरज श्रेष्ठ र सहसचिवमा गोरख वलीलाई चयन गरेको छ । सधारण सभाले प्रतिष्ठानको सदस्यहरुमा साबित्रा चौधरी, सरस्वती सुवेदी,लोकबहादुर स्वर्णकार, लोकेन्द्र बिसी, तुलसीराम राणा र यसोदा पाण्डेलाई चयन गरेको हो । शनिवार नै नयाँ कार्यसमितलाई पदपनि हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानले बिजयादशमी,शुभ दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान एवं पद हस्तान्तरण कार्यक्रम पनि गरेको छ । साधारण सभा प्रतिष्ठानका यसअघिका सभापति बिनोदकुमार श्रेष्ठको अध्यक्षतामा र प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसीको प्रमुख आथित्यमा भएको हो ।

कार्यक्रममा सविंधान सभाका सदस्य बुद्धिराम भण्डारी र अनारकली मिया, अधिबक्ता मोहन धिताल,तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्र शाह,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलबस्तुका सभापति बिष्णुप्रसाद खतिवडा,जनजाती महासघं तुलसीपुरका अध्यक्ष नरेस भण्डारी,तुलसीपुर नगर जेसिसका कार्यबहाक अध्यक्ष केशवराज केसी,उच्च अदालत तुलसीपुरका रविन्द्र कुमार धिताल,नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *