२०७७ कार्तिक ५ गते बुधवार

चार दिनदेखि तीन बर्षीय छोरासहित आमा बेपत्ता


दाङ २८। तीन बर्षीय छोरासहित तुलसीपुरकी एक महिला चार दिनदेखि बेपत्ता रहेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाँउ( घोराही रोड) निवासी २१ बर्षीया पवित्रा श्रेष्ठ र उनका ३ बर्षीय छोरा प्रशान्त चार दिनदेखि बेपत्ता रहेको उनको परिवारले जानकारी दिएको छ ।
पवित्राका पति २६ बर्षीय प्रदिपले दिएको जानकारी अनुसार कपिलबस्तु जिल्लाको बट्कनपुर गाउँपालिका वडा नं. ९ स्थित माइती घरवाट तुलसीपुरस्थित घर आउने क्रममा उनीहरु कात्तिक २५ गते बीच बाटोबाटै बेपत्ता भएका हुन ।  प्रदिपले प्रहरीमा दिएको निवेदनमा आमा छोरा तिहार मान्न भनि कपिलबस्तुस्थित माइती गएको र घर फर्कदा बेपत्ता भएको उल्लेख गरेका छन् । कात्तिक २५ गते माइती बाट हिडेका उनीहरु दाङको भालुवाङसम्म आउँदा सम्म सम्पर्कमा रहेपनि त्यसपछि सम्पर्क विहिन बनेको प्रदिपले बताए ।

प्रकाशित मिति : २०७५ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *