दाङ,असोज २२ । मदिरा सेवन पछि भएको विवादमा एकजनाको कुटपिट गरि हत्या भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ सुस्मा रोड निवासी ३२ बर्षीय ईन्द्रबहादुर रावतको हत्या भएको छ । घोराही ५ वशन्तपुर निवासी१९ बर्षीय राजकुमार केसीले बाँसको ठेटाले आक्रमण गर्दा रावतको घटनास्थलमै मृत्यु भएको थियो ।
सोमवार दिउँसो पौने १ बजेतिर मदिरा सेवन पछि भएको विवादका क्रममा केसीले रावत माथि बाँसको ठेटाले टाउकोमा आक्रमण गरेकाथिए । जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार रावतको हत्या पछि केसी फरार रहेकोमा उनलाई सोमवार बेलुकी पखप्रहरीले पक्राउ गरेको छ । रावतको शव पोष्ट मार्टमाको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
।
प्रकाशित मिति : २०७६ असोज २२ गते बुधवार