दाङ,१६ असोज । थारु जातिको कला सस्कृति,रितिरिवाज,परम्परा,भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले स्थापना गरिएको थारु सास्कृतिक संग्राहलयको उद्घाटन गरिएको छ । दंगीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको संग्राहलय पछिल्लो समय आन्तरिकको पर्यटकिय केन्द्रका रुपमा समेत विकास हुन थालेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले संग्राहलयको सवलीकरणकालागि ६५ लाख रुपैयाँ सहयोग गरिएपछि सांस्कृतिक संग्राहलयलाई थप व्यवस्थीत गर्ने काम गरिएको छ ।
थारु संग्राहलयमा थारु जातिको कला,सस्कृति, रितिरिवाजसँगै थारु जातिका प्रथम राजा दंगीशरणको प्रतिमा समेत स्थापना गरिएको छ । थारु जातिको उद्गम स्थलका रुपमा रहेको दाङलाई थारु जातिको कला,सस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारु संग्राहलय स्थापना गरिएको सांसद डिल्लीबहादुर चौधरीले बताए । त्यही उद्देश्य अनुसार साँस्कृतिक संग्राहलयमा दाङका थारु समुदालयले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहनाहरु, थारु जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाडाहरु, ढकिया, गुन्दी,जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरुवा,हसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्वीरहरु राखिएको बताए ।
‘थारु संग्राहलयमा पूर्वदेखि पश्चिमसम्मका थारु जातिको पहिचान,कला सस्कृति झल्काउने मुर्तिदेखि चित्रहरु रहेका छन’,सांसद चौधरीले भने,‘यसले थारु जातिको जन्मदेखि मृत्युसम्मको परम्परालाई अध्ययन गर्न चाहने व्यक्तिहरुलाई समेत सहयोग पु¥याउनेछ ।’ चार विगाह क्षेत्रफलमा फैलिएको साँस्कृतिक संग्राहलमा थारु जातिले राज्य गर्दाका विभिन्न चरणहरु देख्न सकिने बताए । त्यस्तै उनले यो संग्राहलयलाई दाङका थारु जातिको मात्र नभएर नेपालकै थारु जातिको नमूना केन्द्रका रुपमा विकास गरिने समेत बताए ।
थारु साँस्कृतिक संग्राहललाई देशकै नमूना संग्राहलका रुपमा विकास गरिने भएको छ । थारु संग्राहलको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले विहिवार एक कार्यक्रमका विच उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले थारु जातिको कला सस्कृतिको संरक्षणका लागि साँस्कृतिक संग्राहलले महत्वपुर्ण भुमिका खेल्ने बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले थारु साँस्कृतिक संग्राहलयले थारु जातिको कला,सस्कृति र पहिचान संरक्षणमा विशेष महत्व राख्ने बताए ।