असोज १६। निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ।चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका छन्। यो सँगै उनीहरूको सम्बन्धबिच्छेद गर्ने कानुनी प्रक्रिया पनि अघि बढेको छ।
‘प्रिय जनहरू, थुप्रै उतारचढावका बीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरू बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुसी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’ चित्रजंग शाहीले बिहीबार फेसबुकमा सेयर गरेका सम्बन्धबिच्छेद पत्रमा भनिएको छ। उक्त सहमति पत्रमा दुवैले हस्ताक्षर गरेका छन्।
प्रकाशित मिति : २०७६ असोज १६ गते बिहिवार