
फाइल तस्विर
बुटवल, असोज १४ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीय सभामुख कृष्णबहादुर महराले राजिनामा दिएर आगेको आरोप छानविनमा सघाउन सुझाएका छन् ।
मंगलबार विहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पूर्व मन्त्री समेत रहेका थापाले आफ्नै सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेको हुँदा नैतिकताको आधारमा सभामुख महराले पदबाट राजिनामा दिएर छानविनमा सहयोग गर्नुपर्ने माग गरे ।
‘उहाँ पदमा रहँदा छानविन प्रभावित हुने संभावना रहन्छ, त्यसैले नैतिकताको आधारमा सभामुख महरामाथि लागेको बलत्कारको आरोपमाथि निष्पक्ष छानविन गर्न उहाँले राजिनामा दिएर सघाउनु पर्छ,’ नेता थापाले भने ।
महरा पदमा रहंदा छानविनमा प्रभाव पर्ने भएकोले घटनाको निष्पक्ष छानविनका पदबाट तत्काल राजिनामा दिनुपर्ने नेता थापाको भनाई थियो ।
घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको भन्दै उनले कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाटै घटनाको निष्पक्ष छानविन गर्न उनले प्रहरी प्रशासनलाई आग्रह गरे ।
‘यो महरासँग मात्र जोडिएको विषय होईन देशको प्रतिष्ठासंग पनि जोडिएको विषय हो, ‘उहाँले घटना टुंगो नलाग्दासम्म सभामुख पदबाट अलग भएर बस्छु भन्ने हिम्मत गर्नुपर्छ ’ उनले भने ।
घटनाबाट आफूलाई स्तब्ध बनाएको भन्दै थापाले कानूनी राज्यको सीमाभित्र राखेर प्रचलित घटनाको निष्पक्ष रुपमा छानविन गर्न सरकार संग माग गरे ।