दाङ, असोज १४ । तुलसीपुरको डेरीमा चोरी भएको छ । तुलसीपुरको सितलपुर चोकदेखि पूर्व तर्फ जाने बाटोमा रहेको पशुपति डेरीवाट मंगलवार विहान झन्डै पौने ३ बजेतिर चोरी भएको देखिएको छ । अर्जुन बस्नेतले सञ्चालन गरेको डेरीवाट झन्डै ५५ हजारदेखि ६० हजार सम्म नगद चोरी भएको बस्नेतले बताए ।
घर पछाडिको ग्रिल निकालेर चोर त्यही बाट भित्र पसेर घर्राको पैंशा निकालेको सिसी टिभी फूटेजमा स्पष्ट देखिएको छ । त्यो फूटेजमा अन्दाजी ३५देखि ४० बर्ष उमेर जत्तिको एक ब्यक्ति घर भित्र प्रवेश गरेको र घर्रावाट पैंशा निकालेर निस्किएको भिडियो स्पष्ट देखिएको छ । प्रहरीले चोरी भएको डेरीवाट सिसी टिभीको फूटेज निकालेर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । डेरी सञ्चालक माथिल्लो तलामा बसेको भएपनि चोरी भएको विहान मात्रै पसल खोल्ने क्रममा खुल्न आएको पीडितले बताएका छन् ।
तुलसीपुरको बाहीनी चोकमा रहेको डिलाईट सपिङ मार्केटमा पनि केही समय अगाडि यस्तै प्रकृतिको चोरी भएको थियो । चोरले उक्त मार्केटवाट झन्डै २ लाख बढी रकम चोरी गरेर लगेको मार्केटका एकजना शेरसदस्य सुरेश हमालले जानकारी दिए । त्यसमा पनि सीसी क्यामेरा फूटेजमा चोरी गर्ने व्यक्तिहरु देखिएका थिए । गत असार महिनामा भएको उक्त चोरी कार्यमा सम्लग्न व्यक्तिहरुलाई हालसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
प्रहरीले मार्केटवाट सिसी क्यामेरा फूटेज लगेर अध्यन गरेपनि चोरहरु पत्ता लगाउन अझैं सकेको छैन । तत्कालिन समयमा प्रहरीले डिलाईट कर्णरमा चोरी गर्न ४÷५ जनाको समुह सम्लग्न भएको बताएको थियो । उनीहरुरले सटरको ताला फोडर भित्र प्रवेश गरि मुखमा कपडा बेरर रकम चोरी गरेको देखिएको थियो । प्रहरीले ती चोरहरु तुलसीपुरकै एक होटेलमा बास बसेको तथा उनीहरु मधेसी मुलका जस्तो देखिन आएको भन्ने सम्म त्यतिबेला जानकारी दिएको थियो ।
तर पटक÷पटक हुँदै आएका यस्ता चोरीका घटनामा सम्लग्न व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरी सक्षम नहुँदा तुलसीपुरबासी भने चिन्तित छन् ।