२०८१ असोज २९ गते मङ्गलवार

घोराहीमा नयाँ वर्षदेखि फोहरबाट ग्यास उत्पादन हुने


राजेश खत्री,
दाङ, असोज ११ । दाङको घोराहीमा फोहरवाट ग्यास उत्पादन गर्नको लागि भौतिक पूर्वाधार निर्माणको काम जारी रहेको छ । घोराहीउपमहानगरपालिकाको वडा नं. १६ करौंती डाँडा (गरुवागाउँ)मा रहेको ल्यान्डफिल साइटमा फोहोरबाट ग्यास उत्पादन र मल उत्पादन गर्नको लागि तीव्र रुपमा आवश्यक भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । जैविकफोहरबाट मिथेन ग्यास सिलिण्डर र कम्पोष्टमलउत्पादन गर्ने गरि भौतिकनिर्माणको प्रक्रिया सुरु भएको सरोकारवालाहरुले जानकारी दिएका छन् । यो नेपालकै सबै भन्दा ठूलो सरकारी बायो ग्यास प्लान्ट भएको नेपालऊर्जा विकास कम्पनी प्रालिका प्रोजेक्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए ।

के कस्ता संरचना निर्माण भइरहेको छ ?
बायो ग्यास प्लाण्ट निर्माणको काम नेपाल उर्जा विकास कम्पनीप्राली काठमान्डौंले घोराही नगरले उपलब्ध गराएको साढे २ विगाहा क्षेत्रफलमा ती सबै संरचना निर्माण गरिहरको श्रेष्ठले बताए । ग्यास प्लान्ट स्थापना गर्न चारवटा खाडलहरु (डोम) निर्माण गरिएका छन् । मुख्य ग्यास उत्पादन हुने डोम २६ मिटर गोलाकार घेराको छ । बाँकी रहेको मिक्सिङ ट्याँङ्क, बढी भएको पानीनिस्कने पानी ट्याङ्क र ग्याँस भएर लेदो (मल) निस्कने ट्याङहरु भने समान ६÷६ मिटर गोलाकारको निर्माण गरिएको छ। सबैभन्दा ठूलो डोमको वरिपरी ८ मिटर अग्लो पर्खाल र त्यसको माथि छानो लगाईने छ । त्यस्तै अन्य सबै डोमहरुको वरिपरी ३÷३ मिटरको मात्रै पर्खाल लगाउने भएपनित्यसमाथि छानो भने नलाग्ने श्रेष्ठले जानकारी दिए । अन्यअफिस तथा प्यरेफिकेसन यूनिट (शुद्धिकरण) केन्द्र,ग्यास सिलिण्डर भर्नेदेखि कम्पोष्ट मलउत्पादन गर्नका लागिडोमहरु निर्माण गरिएको पश्चिमभागमा गर्ने गरि संरचनातयार भइरहेको छ ।

प्रालीकाप्रोजेक्ट म्यानेजर श्रेष्ठका अनुसार हाल घोराहीको गरुवागाउँमानिर्माणाधिन बायो ग्यास प्लान्ट २ हजार घन मिटरको छ । जसले दैनिक ५० सिलिन्डर ग्यास र दैनिक ७ हजार केजीकम्पोष्ट मलउत्पादन गर्न सक्छ ।

वल्र्ड बैंकको साढे ४ करोड अनुदान
बैकल्पिक उर्जा प्रवन्धन केन्द्रले आह्वान गरेको टेन्डरमा अरु कसैको पनि निवेदन नपरेपछि नेपाल ऊर्जा विकास कम्पनी प्रालिले यो काम पाएको हो । २०७५ सालमंसिर ५ गते एक वर्ष भित्रै काम सक्ने सम्झौंतामा उस्ले काम स्वीकार गरेको हो । फोहर बाट ग्यास र मलउत्पादन गर्ने प्रस्तावसहित तत्कालिन घोराही नगरपालिकाले वल्र्ड बैंकलाई आजभन्दा करिव ५ बर्ष अगाडि नै प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा वल्र्ड बैंकले साढे ४ करोड अनुदान दिएको छ ।

घोराही उपमहानगरपालिका, वैकल्पिकऊर्जा केन्द्र र नेपालऊर्जा विकास कम्पनी बीचको त्रिपक्षिय सहकार्य बाट फोहोरबाट ग्यास उत्पादन गर्न भौतिक पूर्वाधार निर्माणको काम भइरहेको वातावरण अधिकृत उमेश शर्माले बताए । घोराही उपमहा नगरपालिकाका वातावरण अधिकृत उमेश शर्माले २० बर्षसम्म प्लाण्ट बाट हुने सम्पूर्ण लाभ निर्माण कम्पनीले नै लिने छ । त्यसपछि भने सबै अधिकार नगरमा आउन पहल भइरहेको छ । नेपालउर्जा विकास कम्पनीले नगरलाई वार्षिक ८ लाख कर राजश्व बुझाउनु पर्ने छ ।

प्लान्ट निर्माण गर्न ६ सय ३९ रुख काटिए
नेपालऊर्जा विकास कम्पनीप्रालीकाप्रोजेक्ट म्यानेजर हरिशरण श्रेष्ठले प्लाण्ट निर्माणाधिन क्षेत्रमारहेका रुखहरु काट्नको लागि वन संग अनुमतिलिनु पर्ने भएको हुँदा काममा केही विलम्ब भएको श्रेष्ठले बताए ।

प्लान्ट निर्माणाधिन क्षेत्रमा ठूला ११० र साना ५२९ वटा रुखहरु काट्नु परेको निर्माण कम्पनीकाप्रोजेक्ट म्यानेजर श्रेष्ठले जानकारी दिए । अबको चार महिना भित्रै सम्पूर्ण निर्माण कार्य पुरा हुने श्रेष्ठले बताए । त्यसपछि मेसिनरी सामानहरु जडान गर्न थप एक डेढ महिनालाग्न सक्ने श्रेष्ठले अनुमान गरे । आगामी नयाँ वर्षदेखि ग्यास उत्पादन सुरु भइ सक्ने प्रोजेक्ट म्यानेजर श्रेष्ठले भने ।

दैनिक २० टन फोहर आवश्यक
दैनिक २० टन जतिफोहर आवश्यक पर्न सक्ने अनुमान गरिएको छ । तर घोराहीमा हाल दैनिक ६ टन जतिमात्रै जैविकफोहर उत्पादन हुँदै आएको उपमहानगरपालिकाका वातावरण अधिकृत शर्माले बताए । र्जो १८ प्रतिसतमात्रै हो । तर शर्माले नगरका १९ सबै वडाहरु बाट फोहर संकलन गर्न सक्ने हो भने दैनिक २५देखि ३५ टन सम्म जैविकफोहर प्राप्तहुने दाबी गरे । ग्यास प्लान्ट निर्माण हुनु भन्दापहिला गरिएको सर्भे रिपोर्टले त्यो आँकडा देखाएको हुँदा प्लाण्टका लागि आवश्यक फोहरको अभाव नहुने उनले आशा व्यक्त गरे ।

त्यो संभव नभएर गाई भैंसी र कुखुराको सुली राखेर समेत प्लान्ट फूलफेजमा सञ्चालन गर्ने उनले बताए । नगरका वातावरण अधिकृत शर्माले फोहरलाई मोहरमा रुपान्तरण गर्ने योजनाले नगरलाई सफा र स्वच्छ राख्न मद्दत पुग्ने आशाव्यक्त गरे । यसले घोराहीमाफोहर कसरी व्यवस्थापन गर्ने ?भन्ने चुनौतिपूर्ण कार्य समाधानहुने तथानगरको वातावरण सफा सुग्घर राख्ने टेवापुग्ने आशाव्यक्त गरे ।

उनले नगरले कुहिने र नकुहिने बस्तु छुट्टाछुट्टै संकलन गर्न सुरु गरेको तथा निकट भविस्यमै सबै वडाहरुमा छुट्टा छुट्टै डष्टविनहरु राखिने जानकारी दिए । घोराहीले भदौ १८ गतेदेखि सिशाजन्य बस्तुपनि छुट्टै उठाउन शुरू गरिसकेको छ । त्यसरी संकलितसिशा ल्याण्डफिल साइटमा निर्मित सेडमा राख्न सुरु भइसकेको छ ।

एलपी ग्यास भन्दा प्रतिसिलिण्डर २ देखि ३ सय रुपैंया सस्तो पर्ने
जिल्लाबासीले एलपीग्यास भन्दा प्रतिसिलिण्डर २ देखि ३ सय सम्म सस्तोमा ग्यास पाउन सक्ने नेपाल ऊर्जा विकास कम्पनी प्रालिका म्यानेजर श्रेष्ठले बताए । मिथेन ग्यासको तापक्रम एलपी ग्यासको भन्दा अलिबढी हुने हुँदा बढी टिकाउ हुने श्रेष्ठले दाबी गरे । एलपीग्यास तरल हुने हूँदा २ देखि ३ केजी सिलिण्डरमै रिटर्न भएर जाने दाबी गरेका श्रेष्ठले तर जैविकफोहर बाट उत्पादितमिथेन ग्यासभने सत प्रतिसत खपत हुने बताए ।

 

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *