दाङ, असोज ५ । नेपाली काँग्रेसका नेता प्रदेश सांसद सुरेन्द्र हमालले कम्युनिस्ट सरकारले लोकतान्त्र माथि प्रहार सुरु गरेको बताएका छन् ।नेपाली काग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतवार दाङ क्षेत्र नम्बर ३ ‘क’ को आयोजनाम तुलसिपुर उपमहानगरपालिका वडा नं. १३ मजघटुवामा आयोजित जागरण अभियानलाई सम्वोधन गर्दै केन्द्रीय प्रतिनिधि हमालले कम्युनिष्ट सरकार र यस्का कार्यकर्ताहरु लोकतान्त्रिक संस्कार बिपरित अधिनायवादी सैलीमा अगाडि बढेको आरोप लगाएका हुन ।
नेपाली काँग्रेस प्रदेश नं. ५ का सचेतक समेत रहेका हमालले फरक बिचार राख्ने माथि आक्रमणमा उत्रने नेकपाको कार्यसैली लोकतान्त्रिक चरित्र विपरित रहेको दाबी गरे । प्रजातन्त्रको विरुद्धमा उत्रनेहरुलाई हिजो नेपाली काँग्रेसले समाप्त पारेको उल्लेख गर्दै नेता हमालले अब यही रबैया कायमै रहे कम्युनिष्टहरु पनि समाप्त हुने चेतावनी दिए । ‘प्रजातन्त्र प्राप्तीको लडाईमा हिजो राणा,पञ्चायत र राजा फालेको काँग्रेस अबपनि लोकतन्त्रको रक्षाको लागि जस्तो सुकै लडाई लड्न तयार छ,’ नेता हमालले भने ‘जस्ले प्रजातन्त्र र काँग्रेस मास्न खोज्छ त्यसको अवस्था राणा र राजाको जस्तै हुनेछ ।’ उनले समाजमा व्याप्त हत्या हिंसा, बलात्कार, व्यापक भ्रष्टचार र कुसानले गर्दा कम्युनिष्ट पतनको बाटो तर्फ उन्मुख रहेको जिकिर गरे । हमालले कम्युनिष्टहरु विधिको साशषल, लोकतन्त्र, स्वतन्त्र प्रेस, न्यायालय, मानवअधिकार मास्न उद्धत रहेको पनि आरोप लगाए । तर उनले काँग्रेस भित्र व्याप्त गुट उपगुट समाप्त गरि पार्टीलाई भावनात्मक रुमा एकता बद्ध बनाउन आवश्यक रहेको तर्क गरे । ‘हामी आपसमा लडेर कमजोर भएका हौं,तर काँग्रेस कमजोर छैन,’ हमालले भने ‘ आजपनि काँग्रेसकै एजेण्डामा देश चलिरहेको छ ।’
कार्यकमम नेता कार्यकर्ताहरुले केन्द्रदेखि नै अनुशासन फितलो भएकाले पार्टीमा छडापना सिर्जना भएको भन्दै अनुशासनको पाटोलाई कडाईका साथ अघि बढाउन आबश्यक रहेको सुझाएका थिए ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर ३ ‘क’ सभापति घनश्याम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, जिल्ला सदस्य हरिहर पौडेल, नेतृ सन्ध्या वली लगायतले मनतब्य व्यक्त गरेका थिए । काँग्रेस ईकाइ सभापति डम्मरबहादुर न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको उक्त कार्यक्रमलाई काँग्रेस जिल्ला सदस्य ताराबहादुर कार्कीले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए भने सहजीकरण क्षेत्रिय सचिब चुर्ण बहादुर चौधरीले गरेका थिए ।
असोज ७ गते घोराहीमा शक्ति प्रर्दशन
नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान समापनका दिन असोज ७ गते कांग्रेसले घोराहीमा बृहत शक्ति प्रदर्शन गर्ने भएको छ । दाङ कांग्रेसले घोराहीमा सरकार बिरुद्ध शक्ति प्रदर्शन गरेर यो अभियानको समापन गर्न लागेको कांग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले बताए ।
सचिव डाँगीले आइतवार विज्ञप्ती जारी गर्दै पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत घोराहीमा बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको लोकतन्त्रमा आस्था राख्ने सबैलाई उपस्थितिको लागि आग्रह गरे । अभियान समापनको दिन बिरोध ¥यालीसहित घोराहीमा बृहत प्रदर्शन हुने उनले जानकारी दिएका छन् ।