दाङ,असोज ५ । दाङ जिल्ला फूटवल संघका अध्यक्ष सुशिल श्रेष्ठलाई पत्नि वियोग परेको छ । नेपाली काँग्रेस निकट कर्मचरी संगठन दाङ जिल्ला खानेपानी कर्मचारी यूनियनका अध्यक्ष समेत रहेका श्रेष्ठकी धर्मपत्नि ३० बर्षीया रेणु श्रेष्ठको गएराति काठमान्डौंमा उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ डाँडापातु निवासी श्रेष्ठकी धर्मपत्निलाई पाठेघरको समस्याले ग्रसित थिइन । चारदिन अगाडि मात्रै उनलाई उपचारको लागि काठमान्डौं लगिएको थियो ।
श्रेष्ठको शव अतेष्टीका लागि काठमान्डौंवाट दाङ तर्फ ल्याइदै गरिएको जानकारी दिइएको छ । आइतवार बेलुका नै शव गृहनगर तुलसीपुर आइपुग्ने र आइतवार बेलुका नै तुलसीपुर ७ हरिबगिया सतिघाट पातुखोलामा अन्तिम संस्कार गरिने पनि पारिवारीक स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार