२०८२ असार ३० गते मङ्गलवार

दशैँको लागी टिकट बुकिंग सुरु

काठमाडौं, असोज ५ । आज देखि सरकारले दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको लागि टिकट बुकिङ खुला गरेको छ ।
आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जानको लागि यात्रुहरू बसपार्कमा ठुलो भिड लागेको छ ।

नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका स्थानबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

आज देखि लामो दूरीको यात्राका लागि टिकट बुकिङ खुला भए पनि नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।

दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं उपत्यका छाड्ने अनुमान छ । यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *