काठमाडौं, असोज ३ । खाना पकाउने ग्यासको मूल्य घटेको छ । संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । अब ग्यासको मूल्य प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँ पर्नेछ ।
निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर पर्नेछ ।
प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार