२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुरवाट विप्लवका दुई कार्यकर्ता पक्राउ


दाङ,भदौ ३० । तुलसीपुरवाट सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी उक्त पार्टीका जिल्ला कमिटी सदस्य अतुल कँवर र शान्ति नगरगाउँपालिका वडा नं. ५ बागढोई निवासी उद्धव शाह रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रेसरका विरामी कँवरलाई आइतवार राति दशबजेतिर राप्ती प्रादेशिक अस्पतालमा औषधी किन्न गएको समयमा प्रहरीले पक्राउ गरेको थियो भने शाहलाई सोमवार विहान ९ बजेतिर तुलसीपुरको बसपार्कवाट पक्राउ गरिएको थियो । राप्ती सेवा प्रालीका कर्मचारी शाहलाई प्रहरीले टिकट काउन्टरवाटै नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कवँर साहारा यातायात प्रालीको सञ्चालक समितिका पदाधिकारी रहेको खुल्न आएको छ । आफ्ना कार्यकर्ता पक्राउ परेको बारेमा विप्लव नेकपाले भने कुनै प्रतिक्रिया जनाएको छैन । पक्राउ परेका मध्य शाह भने विप्लवका सामान्ने समर्थक मात्रै रहेको खुल्न आएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *