
दाङ,भदौ २९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ राउत गाउँको सार्वजनिक जग्गामा निर्मित टहरा प्रहरीले भत्काएको छ । आइतवार मात्रै त्यसवारे समाचार फरक कोणमा प्रकासित भएको थियो । समाचार प्रकासित भएको केही बेरमै प्रहरी त्यहाँ पुगेर टहराहरु भत्काएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी हरिहर नाथ योगीले जानकारी दिए ।
राउत गाउँको १ विगाहा २ कठ्ठा १३ धुर जग्गामा स्थानीयले ३ दिन अगाडिदेखि आफूखुशी घडेरी बाँड्ने तथा टहरा निर्माण गर्न थालेका थिए । ५ मिटर चौडाई र ५ मिटर लम्वाई रहेका ६० वटा घडेरी स्थानीयले ६० जनाले आँफुखुसी बाँडेका थिए । त्यो जग्गा गाउँको साझा खल्यान हो । जसको प्रचलित बजार मुल्य ३ करोड बढी पर्ने अनुमान गरिएको छ ।
यो पनि पढ्नुहोस
राउतगाउँको सार्वजनिक खल्यान आफूखुशी भागबण्डा
प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार