२०८३ जेष्ठ ३१ गते आइतवार

राउतगाउँको सार्वजनिक खल्यान आफूखुशी भागबण्डा


दाङ,भदौ २९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ राउत गाउँको १ विगाहा २ कठ्ठा १३ धुर जग्गामा ४६ बर्षीया दिलमती बस्नेतले पनि एउटा घडेरी रोकाएकी छन् । ५ मिटर चौडाई र ५ मिटर लम्वाई रहेका ६० वटा घडेरी स्थानीयले आँफुखुसी बाँडेका हुन । यसरी सार्वजनिक जग्गा बाँड्न थालेको २÷३ दिन जति मात्रै भएको छ ।

आफ्नो एक टुक्रा पनि जग्गा नभएको बताउने बस्नेत सित्तैमा जग्गा पाइने आशमा मख्ख छिन । ‘सबैले रोकाउन लागे मैले पनि एउटा रोकाएकी छु । अहिले सम्म जमिनदारको घरमा बस्दै आएकी थिए अव आफ्नै जग्गा हुन्छ कि भन्ने आशा जागेको छ,’ बस्नेतले भनिन् ।

उनीहरुले आँफुखुसी कब्जा गरेर टहरा निर्माण गरेको जग्गा गाउँको सार्वजनिक खल्यान हो । ९५ प्रतिसत चौधरी समुदायका मानिस र ५ प्रतिसत जति पहाडीया समुदायका मानिसले आँफुखुसी सार्वजनिक खल्यानलाई भागवण्डा गरि जग्गा वितरण सुरु गरेका हुन ।

जग्गाको हालको बजार मुल्य ३ करोडको हारीहारी पर्ने छ । यो ठाउँमा प्रतिकठ्ठा जग्गाको हाल प्रचलित मुल्य १५÷१६ लाखमा कारोवार भइहरेको छ । कालोपत्रे सडक संगै जोडिएको जग्गा दिनदाहाडै आँफुखुसी भाडवण्डा गर्दापनि स्थानीय सरकार भने केही बोलेको छैन ।

स्थानीय २९ बर्षीय गणेश चौधरीले २० बर्ष भन्दा पहिलेदेखि गाउँ घरमा जग्गाको उपभोग गर्ने पहाडीया समुदायलाई मात्रै त्यहाँ जग्गाको भाग वण्डाको अवसर प्रदान गरिएको बताए । अरुलाई त्यो अवसर छैन । यसरी आँफुखुसी जग्गा भाडवन्डा गर्दा वडा कार्यालय वा उपमहानगरपालिका कतैबाट पनि स्वीकृति लिइएको छैन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष भूपबहादुर केसीले वडाको सार्वजनिक जग्गा दिनदाहाडै कब्जा भएको सवालमा केही नबोल्ने प्रतिक्रिया दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रशाद रिजालले आँफुखुसी जग्गा कब्जा गरेर निर्मित छाप्राहरु भतकाउन आदेश दिएको बताए । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको फोन भने उठेन । ले भने पटक÷पटक फोन सम्पर्क गर्दापनि सम्पर्कमा आउन चाहेनन् ।

सार्वजनिक खल्यान रहेको जग्गा गाउँका १५ जना जमिनदारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई ट्रर्मा सेन्टर निर्माणको लागि दिने तयारी गरेका थिए । वडा कार्यालयमा स्थानीय १५ जना धिताल समुदायको हस्ताक्षर सहितको निवेदन गतवर्ष नै पेश भइसकेको छ । तर त्यसो गर्दा सबैसंग छलफल र परामर्ष नगरिएको भन्दै स्थानीय रिसाएका छन् । ‘ यो गाउँमा १५ जना बाहुन जमिनदारले जे भन्यो त्यही मान्नु पर्छ भन्ने छैन । हामीले बर्षौंदेखि चर्चिदै आएको जग्गा प्रतिष्ठानलाई दिदैनौं,’ स्थानीय २९ बर्षीय गणेश चौधरीले भने । उनले त्यो जग्गामा कुनैपनि सरकारी कार्यालय आएमा आँफुहरु व्याकहुने जानकारी पनि दिए । ‘प्रतिष्ठान हुँदैन अरु सरकारी कार्यालय राखे हामी छोड्छौं,’ चौधरीले भने ।

उनले सबै गाउँलहरु मिलेर त्यो जग्गा माओवादीले द्धन्दकालमा कब्जा गर्न आएको समयमा लखेटेको पनि बताए । एकजना स्थानीय काँग्रेसका नेताले भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जग्गा दिन सहमत हुनेहरु नेपाली काँग्रेस सम्वद्ध व्यक्तिहरु रहेको हुँदा सत्तासिन दल नेकपाले नै गाउँलेहरुलाई भड्काएर जग्गा कब्जा गर्न लगाएको आरोप लगाएका छन् । ‘प्रतिष्ठानलाई जग्गा दिएर यहाँ ट्रर्मा सेन्टर निर्माण गर्दा राम्रो हुने थियो,’ ती व्यक्तिले भने ‘तर, काँग्रेसको पालमा नियुक्ति बुझेर आएकी उपकुलपति डा. सैगीता भण्डारीलाई असफल बनाउन यो सबै हर्कत नेकपावाटै भएको छ।’ उनले त्यसमा वडा अध्यक्षको पनि हात रहेको आरोप लगाए । उपकुलपति संगीताको विरुद्धमा नेकपाका नेता कार्यकर्ता सडक संघर्षमा उत्रनु र काँग्रेस उनको समर्थनमा रहनुले राउत गाउँको जग्गा कब्जासंग त्यसको कनेक्सन रहेको उनले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *