२०८२ मङ्सिर २२ गते सोमवार

आज जनता काँग्रेस खोजी रहेका छन् – काँग्रेस प्रतिनिधिहरु


दाङ,भदौ २५ । नेपाली काँग्रेसको जारी दोस्रो जागरण अभियानका लागि दाङको निर्वाचन क्षेत्र नं. ३ मा खटिएका प्रतिनिधिहरुले जनताले काँग्रेसलाई खोजी रहेको बताएका छन् । तुलसीपुरस्थित नेपाली काँग्रेसको क्षेत्रीय पार्टी कार्यालयमा बुधवार आयोजित समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन क्षेत्र नं. ३ (क)का सुरेन्द्र हमाल र ३ (ख)का मोहन बरालले त्यो कुरा बताएका हुन ।

कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन क्षेत्र नं. ३ (क)का प्रतिनिधि सुरेन्द्र हमालले जनता कम्युनिष्टको सरकारदेखि वाक्क दिक्क भइसकेको हुँदा हाल नेपाली काँग्रेसलाई खोजी रहेको बताए । ‘काँग्रेसले हर्दा देशले हार्दो रहेछ । विकाश निर्माण ठप्प हुँदो रहेछ भन्ने कुरा आज जनताले अनुभव गर्न पाएका छन्,’ सांसद समेत रहेका हमालले भने । उनले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार प्रेस, न्यायालय, मानवअधिकारलाई कुन्ठित गर्दै अधिनायकबाद लाद्न उन्मुह रहेको बताए । ‘यो ज्याजतिका विरुद्ध समयमै एक ढिक्का भएर लड्न आवश्यक छ,’ सांसद हमालले भने ‘अन्यथा लोकतन्त्र धरापमा पर्ने खतरा छ।’

तर काँग्रेसले पनि अब विगतका कमिकम्जोरी मनन गर्दै आँफुलाई सच्चाएर जनताको मन जित्ने गरि काम गर्न जरुरी रहेको उनले बताए । ‘जनताको मन जिते मात्रै मत पाइन्छ । जनतालाई माया गर्न नभुलौं र कार्यकर्तालाई त्यसमा लाग्न ढाडस दिन नभुलौं,’ हमालले भने । उनले आन्तरिक किचलो व्यवस्थापन गर्न नजान्दा हारेपनि दाङ काँग्रेसको बलियो गढ भएको हुँदा कत्तिपनि विचलित नभएर जनताको सेवामा खटिन आग्रह गरे । खेलमा सहभागि भएपछि जितहार हुनु स्वाभाविक प्रक्रिया भएको हुँदा एक पटक चुनाव हार्दैमा आत्तिन नहुने बताए ।

‘हाम्रा के के कमिकमजोरी भए त्यो समिक्षा गर्नुहोस । जनताको मन जित्ने काम गर्नुहोस, काँग्रेसले चुनाव कहिलै हार्ने छैन,आज जनता काँग्रेस खोजिहरेका छन्,’ हमालले भने ।

समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै निर्वाचन क्षेत्र नं. ३ (ख)का प्रतिनिधि मोहन बरालले हालसम्म देश काँग्रेसकै रोडम्याप अनुसार संचालन हुँदै आएको हुँदा काँग्रेस कमजोर भयो भन्नु गलत भएको बताए । ‘हिजो जंगलमा भएका माओवादीलाई कस्ले संसद र सरकारमा ल्याएको हो । आज उनीहरु कस्को पछि लागेर देश संचालन गरिरहेका छन् ?सायद त्यो कुरा भनिरहनु पर्दैन होला,’ नेता बरालले भने ‘ अंक गणितमा काँग्रेसले चुनाव हारेपनि काँग्रेसकै नीतिले जितेको छ । यसमा हामी सबैले गर्ब गर्न सक्नुपर्छ।’

आगामी मंसिर १४ गते हुने निर्वाचनमा काँग्रेसले भारी मत अन्तरले विजय हासिल गर्ने उनले दाबी गरे । जनताले काँग्रेसलाई ५ बर्षसम्म प्रतिपक्षमा बस्न म्यान्डेट दिएपनि अहिले आएर दूईवर्षमै जनता कम्युनिष्टको साशन सैलीबाट आत्ति सकेको जिकिर गरे ।

तर उनले काँग्रेसपनि गाउँघरमा जनताका कुरा सन्न र उनीहरुका कामहरु गर्न जानुपर्ने उनको कथन थियो । ‘अब युवा लक्षित रोजगारमुलक कार्यक्रमहरु चलाउन जरुरी छ,’ नेता बरालले भने ‘हाम्रा जग्गा बाँझै पल्टिने तर हाम्रा युवाहरु विदेशी भूमिमा श्रमगर्ने कुराको अन्त्य हुनुपर्छ ।’

निर्वाचन क्षेत्र नं. ३ (ख)का सभापति खिमबहादुर वलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दाङ जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का लगाएत नेता कार्यकर्ताले मनतब्य व्यक्त गर्नु भएको थियो । जागरण अभियानको लागि क्षेत्र नं. ३ (ख) ले तय गरेका कार्यक्रम तालिका यस्तो छ ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *