Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


सामाजिक संस्थामा राजनीतिक गर्नु गलत हो : सांसद डाँगी



यमकला भुसाल,
तुलसीपुर, भदौ २१ । प्रदेश नं ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले सामाजिक संस्थामा राजनीति गर्नु गलत भएको बताएका छन् । बेलझुण्डी खानेपानी तथा सरसफाई संस्थाको ९औं साधारणसभालाई सम्बोधन गर्दे सांसद डाँगीले त्यस्तो बताएका हुन । डाँगीले भने –‘सामाजिक संस्थाहरुमा राजनीतिक चस्मा लगाउनु हुदैन । राजनीतिक चस्मा फुकालेर नियाल्न सकेमा मात्रै सामाजिक संस्थालाई बलियो बनाउन सकिन्छ ।’

डेढ वर्ष सम्मपनि बेलझुण्डी खानेपानी संस्थाको साधारणसभा नहुनुले संस्था भित्रको दयनिय अवस्था झल्काएको भन्दै उनले हरेक संस्थाहरु बिधान अनुसार चल्न जरुरी रहेको बताए ।

‘जबसम्म बिधान भन्दा बाहिर गएर सामाजिक सस्थाहरु चल्छन,तबसम्म लोकतन्त्र हराउदै जान्छ,’ सांसद डाँगीले भने । स्वच्छ र सफा पानी खान पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको हुँदा पानीमा राजनीति नगर्ने उनले सचेत तुल्याए । खाने पानीबाट कुनैपनि व्यक्तिलाई वञ्चित नगराउन उनले आग्रह गरे । खानेपानी संस्थाहरु मुलको सरक्षणमा समेत लाग्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले सामाजिक संस्थाहरु जनताप्रति उत्तरदायी नबन्दा देशको उद्योगति भएको तर्क गरे । ‘एक अर्कामा दोषारोपन गरेर समस्याको समाधान हुदैन । पानीमा चरम राजनीति गर्नु गलत हो,’ सभापति खड्काले भने ।

जिल्ला खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोख्रेलले जनताले चाहे अनुसारको रकम विनियोजन गर्न नसकेपनि जनातालाई स्वच्छ खानेपानी खान पुग्ने बजेट स्थानीय सरकारले छुट्याउन जरुरी रहेको बताए । यस वर्ष जिल्ला डिभिजन कार्यालय दाङमा बजेटको अभावका कारण सोचे अनुसार खाने पानीका आयोजनाहरु सम्पन्न गर्न नसकेको जानकारी दिए ।

बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष भैरव मज्गैयाले सिमेन्ट उद्योगका कारण पानीका मुहान सबै नष्ट भएको भन्दै चिन्ता जाहेर गरे । पानीका मुहान बचाउन सिमेन्ट उद्योगहरुको मनपरी उत्खनन् राज्यले रोक्नुपर्ने उनको तर्क छ ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष खेमराज वली,तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वली,तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य देवराज विश्वकर्मा, तुलसीपुर वडा नं १६ का वडा अध्यक्ष भुपबहादुर केसी,नेपाली काँग्रेस साविक विजौरीका सभापति हिमबहादुर डाँगी,नेकपाका डिल्ली पुन, संस्थाका उपभोक्ता खिमा वली ,सरण जिएम लगाएतले मनतब्य व्यक्त गरेका थिए ।

संस्थाका सदस्य देवा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य पुस्कर रावतले गरेका थिए भने खानेपानीका संस्थाका कोषाध्यक्ष बसन्त थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal