२०८१ चैत्र १४ गते बिहिवार

शिक्षकलाई चिनियाँ भाषा सिकाइने

चीन सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न सामुदायिक र निजी विद्यालयका शिक्षकलाई यही कात्तिक २७ गतेदेखि दुई सातासम्म चिनियाँ भाषा तथा संस्कृति सिकाइने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा कलङ्कीस्थित लर्निङ रियल्म, इन्टर्नेशनल (एलआरआई) विद्यालय परिसरमा आयोजना गर्ने उक्त कार्यक्रममा चिनियाँ विज्ञले चिनियाँ संस्कृतिका विभिन्न आयामका साथै भाषा सिकाउनेछन  ।

मन्त्रालयका उपसचिव धु्रवराज रेग्मीले दुवै मुलुकबीच सदियौँ पुरानो कूटनीतिक सम्बन्धलाई अब सांस्कृतिक रुपमा विकास गर्न उक्त कार्यक्रम महत्वपूर्ण हुने जानकारी दिए  । प्रधानाध्यापक, कर्मचारी, शिक्षक गरी करीब सयजनालाई भाषा सिकाइनेछ ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *