२०८० चैत्र १६ गते शुक्रवार

प्रतिष्ठानले चिकित्सक माग गर्दै विज्ञापन खोल्यो


दाङ, भदौ ९ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानले चिकित्सक माग गर्दै नयाँ विज्ञापन खोलेको छ । प्रतिष्ठानले आइतवार मात्रै ९ जना मेडिकल अधिकृतको करार संझौता भंग गरेको थियो । थप १३ सरकारी चिकित्सकलाई मन्त्रालयमा फिर्ताको लागि परिपत्र गरेको छ । प्रतिष्ठानका २२ जना चिकित्सकले सामुहिक राजीनामा दिएपछि प्रतिष्ठानले नयाँ चिकित्सको माग गर्दै विज्ञापन खोलेको हो ।

भदौ २३ गतेसम्मको म्याद राखेर विज्ञापन खोलेको छ । प्रतिष्ठानले आइतबार मात्रै नेपाल सरकारका र प्रतिष्ठानका २२ जना डाक्टरको राजीनामा स्वीकृतको थियो । त्यसले प्रतिष्ठानकोसेवा प्रभावित भएको छ । विरामीले भने अनुरुपको उपचार पाएका छैनन् । चिकित्सकहरुले सामुहिक राजीनामा दिएपछि अस्पतालमा उपकुलपति डाक्टर संगीता भण्डारी लगाएत कुलपति वसन्त लामिछाने, निर्देशक सागर पन्थी, डाक्टरहरु ऋषेश्वर श्रेष्ठ र डाक्टर चेतनारायण पाण्डेले आँफैले बिरामी जाँच गर्दै आएका छन् ।

प्रतिष्ठानमा कार्यरत चिकित्सकलाई प्रतिष्ठानमा मात्रै सेवा प्रवाह गर्न उपकुलपति डा. संगीता भण्डारीले आग्रह गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै चिकित्सकले सामुहिक राजिनामा दिएका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *