२०७७ कार्तिक १० गते सोमवार

रुकुम पश्चिमा जीप दुर्घटना हुँदा बाबु छोरीको मृत्यु

रुकुम पश्चिम ।

प्रदेश नं. ६ अन्तरगतको एउटा जिल्ला रुकुम पश्चिममा भएको एउटा जीप दुर्घटनामा परि बाबु छोरीको मृत्यु भएको छ ।

दशैंको दिनमा भएको जीप दुर्घटनामा परि बाफिकोट गाउँपालिका वडा नं. ३ दहखोलामा घाइते भएकी ५ बर्षीया पार्वती विकको उपचारको लागि नेपालगञ्ज तर्फ लैजाँदै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यसअघि नै उनका बाबु आठबीसकोट नगरपालिका वडा नं. १ स्यालाखादी निवासी २८ बर्षीय टेकमान विकको मृत्यु भइसकेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । टेकमानले चलाएको लु १ ज २६६८ नं. को जीप बाफिकोट गाउँपालिका वडा नं. ३ दहखोलामा शुक्रबार बेलुकी दुर्घटनामा परेको थियो । उक्त जीपका चालक समेत रहेका टेकमान छोरीसहित नेपाने भन्ने स्थानमा रहेको ससुराली तर्फ जाँदै गर्दा उक्त दुर्घटनामा परेका थिए ।
जीप सडकबाट झन्डै २ सय मिटर तल खस्दा बाबुको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको भएपनि नेपालगञ्ज लैजाने क्रममा सोही दिन राति बाटो मै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *