२०८० चैत्र १६ गते शुक्रवार

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न आदेश

चितवन, साउन ३१ । सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनीहरुलाई विहीवार प्रहरीले पक्राउ गरेको थियो ।

तीनै जनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले पक्राउ गरी चितवन लगेको छ । पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने भन्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ। आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउँछ। आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ।

पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए। पुडासैनीले भिडियोमा लामिछानेले आत्महत्याका लागि बाध्य पारेको बताएका थिए।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *