Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


चप्पल हातमा लगाएर हिड्न बाध्य कमलाको संघर्ष

भन्छिन् – ‘कृतिम खुट्टा र स्कूटर किन्ने पैंशा कमाउन बाबा विदेश जानु भाछ’


दाङ,साउन २८ । दायाँ खुट्टा घुडा भन्दा माथिबाट छैन । वायाँ खुट्टापनि घुडा भन्दा थोरै मुन्तिरवाट छैन । उनी चार हात खुट्टा टेकेर हिड्छिन । सानैदेखि यसैगरी विद्यालय आउने जाने गरिन । जन्मथलो रोल्पाको करेटीमा उनले ५ कक्षा सम्म पढिन । पहाडको उकालो ओरालो ।

दैनिक विद्यालय जान मात्रै उनले १ घन्टा बढी चारहात पाउ टकेर हिड्नु पथ्र्यो । हात खुट्टा दुखेर उनी रातभर निदाउन नक्दिन थिइन । ‘म विहानै ७÷८ बजे नै घरबाट विद्यालय जान हिड्थे,’– उनले भनिन् । कक्षा ६ मा पढन नुवागाउँ आएपछि विद्यालय घर नजिकै भयो र उनले बेहोर्नु पर्ने कष्टपनि कम भयो ।

यही बर्ष रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. २ नुवागाउँस्थित सामुदायिक विद्यालय श्री अरनिको माध्यामिक विद्यालय वाट उनले एसईइ उत्तिर्ण गरिन । २.२५ जिपिए आएको छ । ‘म खुट्टा छैन भनेर रुँदै बसिनन् । बाल्यकालदेखि नै म यसैगरी जीवनसंग पैंठेजोरी खेल्दै आएकी छु,’–उनले भनिन् ।

थाहाँ पाउने भएदेखि नै उनले खुट्टामा लगाउने चप्पल हातमा घुसाएर घस्रिदै संघर्ष थालेकी हुन । त्यो संघर्ष कहिले सम्म जारी रहन्छ ? त्यसको कुनै टुङ्गो छैन । उनका अभिभावक निकै गरिव छन् । घरमा कुनै सवारी साधन छैन । स्कुटी, कार लगाएतका साधन भइदिए उनले यस्तो सास्ति खेप्नु पर्ने थिएन । त्यसैवाट विद्यालय आवात जावात गर्न सक्थिन ।

रोल्पाकी कमला घर्ती मगर घिस्रिदै कक्षा कोठासम्म पुग्दा उनका पोषाक कहिलै सद्धे भएनन् । सुख्खा याममा धुलाम्मे र हिउँद अनि बर्षामा हिलाम्मे हुन्थे । तैपनि कमला विद्यालय जान छोडिनन् । दुर्गम जिल्ला रोल्पामा बाटो पिच थिएन ।

ठूलो झरीमा भने कमला आमाको बुई चढेर विद्यालय पुगिन । यहाँसम्म आइपुग्दा कमलासंग अनुभवका तिता मिठा थुपै्र अनुभवहरु छन् ।

धेरैले सच्चा मनले सहयोग गरेपनि कतिले अभ्रद व्यवहार पनि गरेका छन् । ति जम्मै अनुभूति कमलाले मन भित्रै कैद गरेकी छन् । कसैका प्रति कुनै गुनासो गर्न चाहिनन् । साथी संगीका व्यवहारलाई कमलाले जीवनको एक शिक्षा कै रुपमा ग्रहण गरेकी छन् । ‘जीवन सुख दुःखको संगालो हो । मलाई अप्ठेरोमा हात दिने र मलाई ह्यको दृष्टिभाव राख्ने कसै प्रति कुनै गुनासो गर्न छैन,’– कमलाले भनिन् ।

कस्ले के÷के भने त्यसको लेखाजोखा गर्नु भन्दा भविस्यमा के ग¥यो भने जीवन सरल र सहज बन्छ त्यो बाटोको खोजीमा आँफु रहेको कमलाले बताइन । ‘साथीभाईले गिल्याउँछन् । विद्यालय जान कष्ट हुन्छ भन्दै मैले पढाई छोडेको भए आज म यहाँ आइपुग्दैन थिए,’–कमलाले भनिन् ‘रोएर बस्नु मुर्खता हो। ज्यूँदो मान्छेले हरेक परिस्थितिसंग जुध्दै अगाडि बढ्नु पर्छ।’ हरेक मानिसको जीवन संघर्षले भरिएको हुँदा आशावादी हुँदै निरन्तर संघर्षरत हुनुपर्ने विचार उनले व्यक्त गरिन ।

‘रोएर बसेर के हुन्छ ? चिन्ता गर्दैमा समस्या दुर हुने हैन । बरु त्यसको सामना गर्ने हो,’ कमला निकै हिम्मतवाली सुनिइन ।

कलिलै उमेर भएपनि जीवन भोगाईले उनी एउटा दार्शनिक जस्तै विचारधारा राख्ने भइसकेकी छन् । चन्द्रमा जस्तै उज्यालो मुहारकी हँसेली कमला जन्मजात अपाङ्ग हैनिन् । १७ बर्ष अघि रोल्पाको करेटीमा जन्मिदा कमलाका खुट्टा सद्दे थिए ।

एक दिन कमलाकी आमा अमृता घर्ती मगरले छोरीलाई घर भित्र एक्लै सुताएर काममा बाहिर निस्किएकी रहिछन् । नजिकै अगेनो थियो । पहाडतिर अगेनामा २४सैं घन्टा आगो राख्ने प्रचलन अझैं कायमै छ । त्यतबेला कमला जम्मा ५ महिनाकी मात्रै थिइन । बाम्ने सर्ने अवस्थामा पुगि सकेकी कमला निन्द्रावाट विउँझेपछि चलमलाउँदै नजिकैको आगोले भरिएको अगेनामा पुगिछन् । कमलाका बाबु प्रशाद घर्ती मगर र उनकी आमापनि मेलापात गएका थिए । कामबाट घर फर्किदा बाबु प्रशादले छोरी कमलालाई अगेनामा डढेको अवस्था भेटे । तत्कालै उद्धार गरे ।

कमला अचेत थिइन । उनका दुबै खुट्टा डढेर ढल्लो परिसकेका थिए। जडिबुटी,स्थानीय क्लिनिक हुँदै दाङसम्म कमलालाई उपचारको लागि ल्याइयो । उपचार संभव भएन । त्यसपछि काठमान्डौंको बनेपाको अस्पतालमा पु¥याइयो । चिकित्सकले काम नलाग्ने भइसकेका कमलाको दुबै खुट्टा त्यही काटेर फालिदिए । कमलाले दुबै खुट्टा त्यसरी गुमाउनु परेको हो ।

कम्यूटर सेन्टर खोल्ने कमलाको धोको
हाल कमला दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरीमा अन्टि भावना बुढा मगरसंगै डेरा गरेर बस्दै आएकी छन । कमला दाङ आउनुको खास कारण कम्प्यूटर सिक्नको लागि हो । कम्यूटर सिकेर भविस्यमा आँफै कम्यूटर सिकाउने इन्टिच्यूट खोल्ने उनको धोको छ । कमलाले उच्च शिक्षाको लागि दाङको घोराहीको एक क्याम्पसमा फाराम भरेको बताइन । नाम निक्लेपछि घोराहीमै बसेर उच्च शिक्षा हासिल गर्ने उनको चाहाना छ ।

अन्टि भावनाले कमलालाई कम्यूटर कक्षा जाँदा आउँदा तुलसीपुर–घोराही सडक खण्ड वारपार गराउन मद्दत गर्छिन । भावना नआउँदा उनलाई देख्ने स्थानीयले पनि बाटो पारगर्दा सघाउने गर्छन । हैन भने जोखिम मोल्दै उनले आँफै बाटो त्रस गर्छिन ।

कमलालाई भावनाले नसक्ने हरेक अप्ठेरो काममा सघाउँदै आएकी छन । गीत गाउन र चित्र कोर्ण रमाउने कमला कहिले काँही एकान्तमा ‘किन मलाई भाग्यले ठग्यो’ भन्दै रुने गरेको बताइन । ‘ एक्लै हुँदा मेरो खुट्टा भइदिएको भए मपनि साथीहरु संगै हिड्न, डुल्न र रमाउन सक्ने थिए भन्ने कुरा मनमा खेल्दा रुन मनलाग्छ,’ कमलाले भनिन् । उमेर त पुगेको छैन । तैपनि कमलाको मनमा पनि आफ्नो भावना बुझ्ने एउटा असल जीवन साथी भइदियोस भन्ने चाहाना उनको मनमा खेल्नु स्वभाविक हो । तर, विवाह नगर्ने मनिस्थिति बनाएर बसेकी छन् । भन्छिन् –‘खै कस्ले बुझ्ला र, हामी जस्तालाई।’

कृत्रिम खुट्टा किन्ने पैंशा कमाउन बाबु विदेश
कमलाका ३७ बर्षीय बुवा प्रशाद घर्ती मगर हाल विदेशमा छन् । उनी विदेश गएको तीन महिना भयो । प्राय संधै जसो उनले छोरी कमलालाई फोन गर्छन । अगाडि बढ्न हौसला दिने गर्छन । विदेशवाट पैंशा कमाएर फर्केर छोरीको कृत्रिम खुट्टा जडान गरिदिने वाचा उनले गर्दै आएका छन् । डाक्टरले पनि ५÷६ लाख जति भए कृत्रिम खुट्टा जोड्न मिल्ने सल्लाह दिएका रहेछन् । ‘मेरो कृत्रिम खुट्टा जोड्ने पैंशा कमाउनको लागि बाबा विदेश जानु भएको हो,’ कमलाले अगाडि भनिन् ‘बाबाले मलाई स्कुटर पनि किनिदिन्छु भन्नु भएको छ।’ कमलालाई आफ्नै खुट्टामा उभिने ठूलो चाहाना छ । ‘ मलाई आफ्नै खुट्टामा उभिने ठूलो चाहाना छ । कृत्रिम खुट्टा हालेपछि आँफै हिड्डुल गर्न सक्ने छु । अलि टाढा जान म स्कुटर चढ्ने छु,’ कमलाले भनिन् । स्कुटर किनेपछि साथीहरुलाई पछाडि बसालेर घुम्न जाने कमलाको रहर छ । ‘म मेरा स्कूले साथीहरु मनिसा र धनिसा लगाएतलाई घुमाउन लैजाने छु,’ उनले भनिन् । हामीपनि कामना गर्छौं कि – कमलाका बाबु प्रशाद घर्ती मगरले कतारमा खुन पसिना बगाएर राम्रो आम्दानी गरुन । छोरीका लागि कृत्रिम खुट्टा र स्कुट किन्न सक्ने रकमको जोहो गरेर स्वदेश फर्किउन । कमलाका सबै सपनाहरु पुरा होउन । खुट्टामा लगाउने चप्पल हातमा लगाएर चारहातपाउ टकेर घिस्रदै हिड्नु पर्ने कमलाका अप्ठेरा दिनहरु जति हुन्छ छिटो समाप्त होवस ।

राज्यले पूर्ण अपांङ्ग मानेन
कमलाका दुबै खुट्टा छैनन् । राज्यले उनलाई पूर्ण अपाङ्ग मानेको छैन । ‘ग’ वर्गको परिचय पत्र दिएको छ । त्यसैको आधारमा कमलाले भत्ता पाउँछिन् । ४ महिनाको जम्मा २ हजार ४ सय । जो न्यायोचित मान्न सकिदैन । केही गर्न चाहाने यस्ता अपाङ्गता भएका व्यक्तिको सम्पूर्ण खर्च राज्यले बेहोर्न सक्नु पर्छ । नयाँ संविधानको मर्म त्यही हो । सबैका लागि १२ कक्षा सम्मको शिक्षा निशुल्क ।

अर्को तर्फ अहिले सिंहदरवार गाउँ गाउँमा पुगेको दाबी भइरहको छ । स्थानीय तहलाई आफ्नो लागि आँफै कतिपय नियम कानुन बनाउन पाउने अधिकार पनि छ। तर कमला जस्ता चारहात पाउ टकेर घस्रिदै हिड्ने किशोरीलाई उनीहरुले नदेख्नु विडम्वना हो । जनताको करवाट उठाएको रकमले आफ्ना लागि सुविधा सम्पन्न सवारी साधन किन्न सक्ने जनप्रतिनिधिले कमला जस्ता किशोरीको लागि केही लगानी गर्न नसक्ने हो भने गाउँघरमा सिंहदरवार आएको ढ्वाँङ फुक्नु आँफैमा मजाग हो । स्थानीय सरकारले नै कमलाको लागि कृत्रिम खुट्टा किन्न र स्कुटर किन्न रकमको जोहो सहजै गर्न सक्थे । अन्य शिर्षकको बजेट पनि कटौती गर्न सक्ने अवस्था हुन्छ ।

हाम्रो आग्रह
कमलाका अनुसार उनको लागि कृत्रिम खुट्टा किन्न ५÷६ लाख भए पुग्छ । स्कुटर किन्न अरु २ लाख भए सस्तो । त्यसैले सहयोगी भावना भएका व्यक्तिहरुले सानो तिनो रकम सहयोग गर्दापनि उनको जीवनमा खुसीको बाहारहरु आउन सक्छन । तीन करोडको हाराहारीमा रहेका नेपाली मध्य सबैले १÷१ रुपैंया सहयोग गरे मात्रैपनि कमलाको जीवन थप सलर र सहज हुने निश्चित छ । कमलाका बाबु प्रशादले आश्वासन दिए जस्तै भनेजति रकम कमाएर ल्याउन सक्छन् भन्ने ज्ञारेन्टी पनि केही छैन । फेरि कमलाका बाबु विदेश गएको जम्मा तीन महिना मात्रै भएको छ । उनी कमाएर स्वदेश फर्किन अझैं धेरै समय लाग्न सक्छ । त्यसैले कमलाले अझैं कयौं यस्ता कष्टकर दिनहरु विताउने पर्ने देखिन्छ । त्यसको अन्त्य चाहाने हो भने मानविय नाताले उनलाई सबैले तत्काल सक्दो सहयोग गर्न जरुरी छ । देश विदेशमा रहेका सबै नेपाली समक्ष कमलाले पनि त्यही आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal