Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


स्वर्गिय भुसालको स्मृतिमा विद्यालयमा डेढ लाखको अक्षय कोष घोषणा



झुपलाल बुढा क्षेत्री,
हापुरे, साउन २७ । नेपाली काँग्रेसका नेता बबई गाउँपालिका कञ्चनपुर निबासी स्वर्गिय पदमलाल भुसालको स्मृतिमा मावि पदमपुर हापुरेमा १ लाख ५० हजारको पदम अक्ष्य स्थापना गरिने भएको छ । छोराहरु नबराज,यमप्रसाद, हेमराज,देबराज भुसालले आफ्ना स्वर्गिय पिता तथा प्रजातान्त्रिक सेनानी पदम भुसालको स्मृतिमा विद्यालयमा डेढ लाखको अक्षय कोष स्थापना गर्ने सोमवार घोषणा गरेका हुन । १३औं दिनको पुन्यतिथिका अवसरमा घर परिवारले त्यो घोषणा गरेका हुन ।

त्यो रकमवाट विद्यालयका ४ जना गरिव तथा जेहन्दार बिध्यार्थीलाई पुरस्कार बितरण गर्ने गरिने भएको छ । स्वर्गिय पमद भुसालका माईला छोरा तथा नेपाली काँग्रेसका क्रियासिल सदस्य नबराज भुसालले त्यो घोषणा गरेका हुन ।  १३औं दिनको पुन्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्वोधन गर्दैै नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले पदम भुसालको निधनले पार्टीले एउटा निष्ठावान राजनीतिज्ञ, कुशल संगठक र एउटा असल अभिभाबक गुमाएको बताए ।

‘लोकतन्त्र मजवुत भएमात्रै उहाँले देखाएका सपना पुरा हुने छ,’ सचिव डाँगीले भने ‘उहाँमा जस्तै इमान र निष्ठाको राजनीति आजको अपरिहार्यता हो।’कार्यक्रममा नेकपा नेता तथा प्रदेश नं. ५ का सदस्य भिमबहादुर वलीले समाजले चरित्रवान नेता र बुद्धिजिबी पिता गुमाएको बताए । नेपाल तरण दलका जिल्ला अध्यक्ष टिका घर्तीले स्वर्गिय भुसालले जस्तै त्यागको भावना भएमा मात्रै काँग्रेस सुध्रिने धारणा राखे ।

त्यस अवसरमा काँग्रेसका नेता कुलबहादुर केसी,नेकपाका नेता प्रेमबहादुर थापा,जितबहादुर वलीले स्वर्गिय भुसालको व्यक्तित्व र जीवनी वारे चर्चा गरेका थिए ।नेपाली काँग्रेस पुरन्धारा ईकाइ सभापति बलबहादुर बुढाको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष बुढाले स्वर्गिय पदमलाल भुसालको सम्झनामा एउटा रोड वा प्रतिक्षालय निर्मान गर्न पहल गरिने बताए । कार्यक्रमको सहजीकरण ईकाइ सचिव गनेश केसीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal