आज यमपञ्चकको पाँचौ दिन अर्थात् भाइटीका। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाई हर्सौल्लासका साथ मनाइँदैछ ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आजको भाइटीकाको टीकाको उत्तम साइत मध्याह्न ११ बजेर ५५ मिनेटमा रहेको छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो साथै आज दिनभरी लगाउदा कुनै बाधा रहेको छैन।
प्रकाशित मिति : २०७५ कार्तिक २३ गते शुक्रवार