२०८३ असार १३ गते शनिवार

गाई खेदेर गहुत !


खेमराज रिजाल,
दाङ, साउन २० । गौरी गाइ थियो त्यसको नाम । समुहमा हिंड्छ । तर विजौरी सडकमा सोझो हिंड्ने उसलाई वानी परेको छ । यताउता लम्कियोकि टाउकामै हान्छन् व्यवसायीले । कसैको तरकारी खान्थ्यो, कसैको समोसा खान्थ्यो, नपाए कसैको अगाडि राखिएको गत्ता पनि खाएर जिएको थियो ।

तर त्यो गाइलाइ अचेल मुण्टे फर्काउन दिंदैनन व्यापारीहरु । सोझै आफ्नो समुह लिएर ग्वारखोला सम्म पुग्छन्, फेरी यतै धपाउंछन् । दिनभर गाइको चरीत्र भाग्नेमा अभ्यास भैसकेको छ । रातीमा जहां पायो त्यहिको घास खोज्छन्, अघाउंछन्, अनि मध्य राजमार्ग सडकमा आएर डकार्छन् । गाइको मुत नभएसम्म तिथि श्राद्ध हुंदैन, गाइको गोवरले नपोतेसम्म घर शुद्ध हुदैन, तर छैनन् गाउंमा गाइ? किनकि गाइहरु गउलेले धपाएका हुन् । महत्व बुझ्न गाउलेले सकेनन्, बुझाउन सरकारले सकेन । अनि सुरुभो व्यवसायीक गाइपालन । कति कतै त जर्सिको गहुत चल्दैनरे । विकल्प छैन । घरबाट खेदिएको गाइले कतिवेला गहत दिन्छ थाहा छैन ।

बेलझुण्डि लोकल गाइ जक्सन थियो, ६५ गाइहरु वडा कार्यालयको सिफारीस लिएर रोल्पा लगिए रे । कसले कुन स्तरमा पाल्न लग्यो कि मार्न लग्यो भन्ने विषय पछि खोजौंला । जे भएपछि अचेल बेलझुण्डि डाडामा घुमन्ते गाइको संख्या कम भएको छ । यद्धपि गाइ विहिन भने भएको छैन । पोहर साल वेलझुण्डी आसपासमा कम्तिमा २ सय गाइगोरु थिए, त्यसमा ४० प्रतिसत गाई गर्भवती भएका छन् । उनीहरुले व्याएपछि दैनिक चार माना दुध दिने छन् । यस्तो भएपछि केहिले उनलाइ पाल्ने छन्, नियन्त्रणमा राख्ने छन्, तर दुध छुटायो भने….। नगरीक दायित्व सुन्य छ गाइ पाल्नमा ।

उजुरी हुन्छ, मेयरसापलाइ, आन्दोलन हुन्छ छाडा चौपाया नियन्त्रणको, आन्दोलन हुन्छ, गौशाला व्यवस्थापनको । तर आम नागरीकहरुले मैले मेरो आमाको तिथि श्राद्धमा गाइको गहुत कहांबाट ल्याउने भन्ने चिन्ता व्यक्त गरेको अवस्था छैन, त्यसको जिम्मा वाहुन वाजेलाइ । पछिल्लो समयमा खैरा चौकमा धेरै संख्यामा गाइहरुको रजाइ छ । रातभरी चर्नजाने र दिनभरी राजमार्ग व्लक गर्ने गाइलाइ कसरी व्यावस्थापन गर्ने भन्ने सवालमा स्थानिय सरकारको कत्तिपनि पहल देखिएको छैन । दिनभरी राजमार्गमा गाइको रजाई । एक ठक्कर दिए राष्ठ्रिय जनावर मारेको अभियोग लाग्छ सवारी चालकलाइ । तर नियन्त्रण र व्यवस्थापन कसरी ?

आहा राष्ट्रिय जनावर गाइ’? कहां छन् राष्ट्रिय जनावर? खेदिंदै छन्, मुन्टो वटार्न पाउंदैनन्, ठाडो नजर लगाउन पाउंदैनन्, अनि विक्रि हुन्छन् । गाइ पठाएर पैसाले गहुत किन्ने अवस्था किन स्थानिय सरकार वेखवर छ । एउटा संघात्मक सरकारले मान्दै आएको राष्ट्रिय जनावरलाइ दानापानी छैन, पालनपोषण छैन, सवैले लखेट्ने अवस्थामा छन् । राष्ट्रिय जनावर हुनुको सजाय हो यो । स्थानिय सरकार बोल्दैनन् ।

गाइ छिचौल्दै आउदा नारायणपुरमा योगसाधक दान वहादुर बुढाथोकिको घरमा आचार्य वालकृष्णिको जन्मोत्सवमा पनि गाइको गहतको विषयमा चर्चा भयो,गोवरको सुद्धताका विषयमा चर्चा भयो, गाईकै विषयमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे हरीद्धार पुगे । योगसाधना र प्राकृतिक तथा जैविक विविधताका विषयमा प्रस्ताव पनि गरे । आखिर गाइ सवैलाइ सधैकालागी चाहिने हो भने खैरा चौकमा किन लडिरहेका छन् गाइहरु ।

हो राष्ठ्रिय जनावरले बाटो व्लक गर्न मिल्दैन, यदि पशुहरुबाट त्यस्तो भैहालेपनि सम्मानपुर्वक हटाउनुपर्दछ, तर गाइपिट्ने संस्कृति समेत सुरु भैसकेको छ । गाइ बेच्ने संस्कृति पनि सुरु भैसकेको छ, अनि गाइ लखेट्ने संस्कृति पनि सुरु भैसकेको छ । यदि कसैले गाइलाइ धपाएको अवस्थामा उसले आफ्ना पित्रृहरुलाइ संझन गाइको गत खोन्नु अनैतिक हुने छ । यो विषयमा नागरीक जागरण हुन आवस्यक भएको वालमिकियोग केन्द नारायणपुरका प्रमुख दान वहादुर बुढाथोकि बचाउंछन् । तर राज्यले गाइ व्यवस्थापनको निति र कार्यक्रम ल्याएको छैन । स्थानिय सरकार गाइ पालनको प्रोत्साहनमा भन्दा गाइ हठाउन सिफासीस बाडिरहेका छन् , ।

त्यसो त जिल्लाभरीनै छाडा चौपायाको समस्या नदेखिएको होइन । त्यसकालागी वाली जोगाउन र बन जोगाउन स्थानिय सरकार र सामुदायिक वन उपभोक्ता समुहहरुले प्रयास नगरेका पनि होइनन्, तर अन्ततः छाडा चौपाया राख्ने कान्जि हाउस कोल्याप्समा छन्, गौसाला सन्चालन गर्नेलाइ स्थानिय सरकारको प्रयाप्त सहयोग छैन । अनि हाम्रो हविगत देखिएको छ, गाइ धपाएर गहुत किन्ने ‘।

प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *