दाङ,साउन १९ । दाङको घोराहीमा एक विवाहित १९ बर्षीया महिलाले आत्महत्या गरेकी छन् । घोराही उपमहानगरपालिका वडा नं. १८ ढोडेनी निवासी १९ बर्षीया सपना विकले घरमै झुन्डिएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बेलुका सवा १० बजेतिर झुन्डिएको अवस्थामा फेला परेकी उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पुर्याए लगतै चिकित्कसले मृत घोषणा गरेका थिए ।
उनका पति विनोद विक मदिराका अम्मली भएको प्रहरीले जनाएको छ । पतिका गतिविधिका कारण पत्नि विरक्तिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार